धतुरो खादा तीन जना गम्भिर बिरामी


आदर्श अनलाइन, बागलुङ
तितेभेन्टा भनेर धतुरोको तरकारी खाँदा बागलुङमा एकै परिवारका ३ जना बिरामी परेका छन् ।
धतुरोको तरकारी खाएपछि बागलुङको काठेखोला गाउँपालिका ३ हिलेका ४७ वर्षिय निरज बिक, उहाँका श्रीमति तुलसी बिक र छोरा २७ वर्षिय सुमन विक बिरामी परेका हुन् ।

शुक्रबार बिहान आलुसंग भेन्टा भनेर मिसाएको तरकारी खाएका उनिहरू लठ्ठिने, वर्वराउने भएको थियो । उनिहरूलाई छिमेकीले धौलागिरी अस्पताल बागलुङमा उपचारको लागि ल्याएका थिए ।
तीनै जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो ।
यादवले उनिहरुलाई थप उपचारका लागि पोखरा रिफर गरिएको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *