एमाले पैयुँपाटाको अधिवेशन सम्पन्न, टेकबहादुर रोका अध्यक्ष

आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले पैयुँपाटा बागलुङको दोस्रो अधिवेशनले टेकबहादुर रोकाको अध्यक्षतामा २३ सदस्यीय वार्ड कमिटी सर्वसम्मत चयन गरेको छ ।

अधिवेशनबाट चयन भएका पदाधिकारी तथा सदस्यलाई शुभकामना दिदै नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मन कुमारी केसीलाई पार्टीलाई मजबुत बनाउँनको लागि वार्ड कमिटीको भूमिका महत्पवूर्ण हुने बताउनु भएको थियो ।

उहाँले बागलुङ जिल्लामा एमालेलाई पहिलो शत्तिको रुपमा स्थापित गर्नका लागि वार्ड कमिटी, नगर कमिटी, गाउँ कमिटी र जनसंगठनहरुले जनताको हितका लागि काम गर्नु पर्नेमा जोड दिनुभयो ।

अधिवेशनले वार्ड कमिटिको उपाध्यक्षमा नरसिं खत्री, सचिवमा गंगाबहादुर केसी, उपसचिवमा कृष्णप्रसाद रखाल, पवित्रा विक, सदस्यहरुमा सेती विक, रीखीराम परियार, जमुना परियार, बालाजी पौडेल, हिराबहादुर नेपाली, लक्ष्मी रिजाल, शान्ता रेग्मी, अम्बिका पाठक, जमुना पौडेल, नारायण पन्त, ओमप्रसाद पौडेल, कमल रखाल, जीवन रोका, रामबहादुर खत्री, नवराज पाठक, राम लम्साल र हेमलाल शर्मा चयन हुनु भएको छ ।

अधिवेशनमा गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठक, सावित्रा राना, नेकपा एमाले बागलुङका सचिव गणेश थापा, बागलुङ नगर कमिटि अध्यक्ष रामकृष्ण शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

अधिवेशनको उद्घाटन कार्यक्रम टेकबहादुर रोकाको अध्यक्षता र होमनाथ शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *