बागलुङमा सिल्क हेयर कम्पनीको सेमिनार सम्पन्न

आदर्श अनलाइन, बागलुङ
बागलुङमा सिल्क हेयर कम्पनीको सेमिनार सम्पन्न भएको छ । कम्पनीले विक्रि वितरण गर्दै आएका हेयर केराटिङ ट्रिट्मेन्ट र कलर सहित विभिन्न उत्पादनहरुको बारेमा जानकारी गराउने उद्देश्यका साथ बागलुङ, पर्वत र म्याग्दीका सौन्दर्यकर्मीका विचमा सेमिनार गरिएको हो ।

सेमिनारमा सिल्क हेयर कम्पनीका अध्यक्ष रक्की लामाले देशका विभिन्न सहरहरुमा कम्पनीका उत्पादनहरु विक्रि हुँदै आएको बताउँदै सौन्दर्यकर्मीलाई कम्पनीका उक्त सामान प्रयोग गर्न थप सहज होस भन्ने उद्देश्यले सेमिनारको आयोजना गरिएको बताउनु भएको थियो ।

सेमिनार सिल्क हेयरका बागलुङका आधिकारीक विक्रेता रियान्स कस्मेटिकका सञ्चालक भुपेन्द्र केसी र रिमा केसीले व्यवस्थापन गर्नु भएको थियो ।

बागलुङ पर्वत र म्याग्दीबाट उपस्थित भएका करिब १ सय ५० जना सौन्दर्यकर्मीका बिचमा कम्पनीका प्राविधकि सहित लामो समयदेखि यसै क्षेत्रमा काम गर्दै आएका भारतका राहुल राजपुतले हेयर केराटिङ ट्रिट्मेन्ट र हेयर कलरको डेमो देखाईएको थियो ।

सो अवसरमा कम्पनीका अध्यक्ष रक्की लामाले कम्पनीका उत्पादन बेच्नु मात्र कम्पनीको उद्देश्य नभएको भन्दै प्रयोग गर्ने विधि र प्रक्रिया समेत सौनदर्यकर्मीलाई सिकाएर उनिहरुको समेत व्यवसाय प्रवद्र्धनमा सहयोग पुर्याउने लक्ष्य भएको बताउनु भएको थियो ।

सो अवसरमा कम्पनीका लागि बागलुङका अधिकारीक विक्रेता रियान्स कस्मेटिकका सञ्चालक भुपेन्द्र केसीले कम्पनीका अध्यक्ष रक्की लामा, प्रबन्ध निर्देशक प्रतिक्षा घिमिरे लामा, बजार व्यवस्थापक शिखा चन्द ठकुरी, सिर्जना पराजुली, प्रशिक्षक राहुल राजपुत र टेक्निसियन राजिव यादवलाई सम्मान गर्नु भएको थियो । सेमिनार पत्रकार सिर्जना पन्तको सहजीकरणमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *