न्यायको माग गर्दै धर्ना

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको बेनी नगरपालिका–९, गिठीनी स्थित ठुलोखोलाको जंगलमा गत साउन २७ गते सडेको अवस्थामा फेला परेको मानव सव मिना परियारको भएकोले उनको हत्यामा सामेललाई कार्वाहीको माग गर्दै पिडीत पक्षले धर्ना दिएका छन् ।

दलित एकता समाज म्याग्दी, परियार सेवा समाज म्याग्दी र मिजार सेवा समाज म्याग्दीले जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना दिनुका साथै दवाब ¥याली समेत आयोजना गरेका थिए । धर्नामा सहभागीहरुले मिना परियारको हत्यारा खाई? निा परियारको हत्याको सत्यतथ्य छानविन गर लगायतका नारा लेखिएको प्लेकार्ड समातेर प्रहरी कार्यालय अगाडी सडकमा भुइमै बसेर बिरोधका साथ दवाव दिएका थिए ।

२०८१ साउन २७ गते बेनी नगरपालिका–९ का स्थानीयले खोला किनारमा मानव टाउकाको खप्पर, कपालको रौं तथा गलबन्दी जस्तो देखिने कालो रङ्गको कपडा सहित लिङ्ग पहिचान हुन नसक्ने सडेको सव फेला पारेका थिए । उक्त सव आठ महिना अगाडी बेपत्ता हुनु हुनुभएकी बेनी नगरपालिका ९ तोरीपानीकी १९ वर्षीया मिना परियारको हुन सक्ने स्थानीयले अनुमान गरेका थिए । मिना बेपत्ता हुनुपहिला लगाएको सुनको सिक्रि, चप्पल तथा अन्य कपडाका टुक्राहरु आफ्नै छोेरीको भएको मिनाकी आमा फुलमायाँ दमाइले पहिचान गर्नुभएको बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्रबहादुर केसीले बताउनुभयो ।

साउन २७ गते सव भेटीए पछि पिडीत पक्ष बिरोधमा उत्रिए पछि सवलाई २०८१ साउन ३० गते सम्म बेनी अस्पतालमै राखिएको थियो । त्यस पछि सवलाई पोखरा स्थीत गण्डकी अस्पतालमा पठाएर पोष्टमार्टम गरिएको दलित अभियन्ता मनबहादुर चर्मकारले बताउनुभयो । पोखरामा पोष्टमार्टम भए पछि ल्याएर बेनी अस्पतालमा सवलाई राखिएको पिडीत पक्षको भनाई छ । घटनाको सत्यतथ्य छानविन हुनु पर्ने र घटना निचोड तर्फ गए पछि मात्रै सव बुझेर लैजाने उहाँको भनाई छ । गण्डकी अस्पतालले भने सवलाई फुलमायाँ दमाइलाई बुझाएको जनाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले कंकाल सहित भेटीएका अन्य प्रमाणहरूलाई थप जाँच र अनुसन्धानका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्म पनि पठाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘२०८१ साउन २७ गते बेलुका तिर सव भेटिएको हो र पिडीत पक्षले ३० गत चार जनाका बिरुद्धमा किटानी जाहेरी दिनुभएपछि सवको पोष्टमार्टम साउन ३१ गते गण्डकी अस्पताल पोखरामा भएको थियो भने जाहेरी परेका तीन जनालाई गिरफ्तार गरी सकिएको छ ।’ पोष्टमार्टम रिपोर्ट आइ सकेको छैन, उजुरी परेकाहरुलाई समाती सकेको छ र घटना प्रकृया कानुनी दायरामा आइसकेको उहाँको भनाई छ ।

बेनी नगरपालिका–९ कि १९ वर्षिय मीना परियार गत २०८० पुस १६ गते राति घरबाटै बेपत्ता भएपछि परिवारले जिल्ला प्रहरी कार्यालयमा खोजतलासीका लागि आमा फुलमायाँले निवेदन दिनुभएको थियो । फुलमायाँले स्थानीय २१ वर्षिय राम खत्री विरुद्ध किटानी सहित व्यक्ति बेपत्ता गरेको भन्दै उजुरी दिनुभएको र प्रहरी अनुसन्धान पछि जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीको अनुरोधमा जिल्ला अदालत म्याग्दीले माघ २३ गते खत्री विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

अदालतबाट पुर्जी जारी भएकै दिन खत्रीलाई गिरफ्तार गरी अनुसन्धान गरी प्रहरीले बुझाएको प्रतिबेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीले २०८० फागुन १७ गते मुलुकी फौजदारी कार्याविधि संहिता–२०७४ को दफा २०६ बमोजिम व्यक्ति वेपत्ता पारेको अभियोग पत्र जिल्ला अदालत म्याग्दीमा दायर गरेको थियो । अदालतमा दायर भएको अभियोगपत्र बमोजिम खत्रीलाई जिल्ला अदालत म्याग्दीले २०८० फागुन १७ गते नै पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा मिना सँग शारिरीक सम्बन्ध भएको र गर्भ समेत रहेको भन्ने सन्देश सामाजिक सञ्जालबाट आदान प्रदान भएकोले बाहिर आफ्नो बेइजत हुन्छ भन्ने डरले मिनालाई बेपत्ता पारेको भन्ने उल्लेख छ । खत्रीले मिनालाई दुई जिउकी बनाएको समाजले थाहा पाएमा मानप्रतिष्ठामा आँच आउने डरले बेपत्ता पारेकोले मुलुकी अपराध संहिता–२०७४ को दफा २०६ को उपदफा(१) विपरीत सोही दफा २०६ को उपदफा (२)(ख) बमोजिम व्यक्ति वेपत्ता पार्ने सम्बन्धी कसुर गरेको उल्लेख छ । साथै उक्त कसुर गरेकोले आरोपितलाई १५ वर्ष सम्म कैद र ५ लाख जरिवाना दावी जिल्ला सरकारी वकिल कार्यालयले गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *