प्रशंसनीय दृष्टिकोण तथा सकरात्मक सोच सम्बन्धी तालिम


आदर्श अनलाइन, बागलुङ

काठेखोला गाउँपालिकाका २७ जना शिक्षिकालाई तीन दिने प्रशंसनीय दृष्टिकोण तथा सकरात्मक सोच सम्बन्धी तालिम प्रदान गरिएको छ ।

हेम्पेल फाउण्डेशन र भीएसओ नेपालको आर्थिक तथा प्राविधिक सहयोग काठेखोला गाउँपालिकाको समन्वय तथा विवाईसी बागलुङको सहकार्यमा सिकाई परियोजना लागु भएको विद्यालयका शिक्षिकालाई प्रशंसनीय दृष्टिकोण तथा सकरात्मक सोच सम्बन्धी तालिम प्रदान गरिएको विवाईसी बागलुङको अध्यक्ष तोयानाथ गौतमले जानकारी दिनुभयो ।

सिकाई परियोजना अन्र्तगत बागलुङको काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाको ६० विद्यालयमा शैक्षिक गुणस्तर सुधार, बालमैत्री संरचना तथा ठूलिदिदि स्वयंसेवीहरु परिचालन गरिएको छ ।

तीन दिने प्रशंसनीय दृष्टिकोण तथा सकरात्मक सोच सम्बन्धी तालिममा डा. राम बहादुर रावतले सहजीकरण गर्नुभएको थियो ।

शिक्षिकाहरुलाई विद्यार्थी र शिक्षक बीचको सम्बन्ध, अभिभावक र विद्यालयको सम्बन्धलाई सुधार गर्दै दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको भन्दै डा.राउतले नकरात्मक सोचको अन्त्य गर्दै सकरात्मक सोच्दै राम्रो काम गर्न सके सामुदायिक विद्यालय सुधारमा सहयोग पुग्ने बताउनुभयो ।

शिक्षिका तथा शिक्षिकनै नकरात्मक सोच भएका भए विद्यार्थीहरु समेत नकरात्मक दृष्टिकोण बनाउन थाल्ने भएकाले विद्यालयबाट सकरात्मक सोचको अभियान थाल्नुपर्ने उहाँको भनाई थियो ।

तालिममा सहभागी २७ शिक्षिकालाई प्रमाणपत्र विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमले गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीको तर्फबाट शान्ति भण्डारी, सिकाई परियोजना संयोजक पोष्ट केसी, प्रशिक्षक डा. राम बहादुर रावतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमको अध्यक्षता तथा कृष्ण कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

शैक्षिक सुधारमा सक्रिय सिकाई परियोजनाले बालबालिकालाई बिद्यालयको पहुँचसम्म पु¥याउन थालेको छ ।

परियोजना अन्र्तगत स्वयंसेवी ठुलिदिदीहरु दुई पालिकामा ४ वर्षदेखि परिचालित भएको र वालवालिकालाई विद्यालयको पहुँचमा पु¥याउन सहयोग भएको सिकाई परियोजनाका अनुगमन अधिकृत विमल शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *