नेपाल ट्रेड युनियन कांग्रेस बागलुङको संगठन विस्तार अभियान

आदर्श अनलाइन, बागलुङ
नेपाल ट्रेड युनियन कांग्रेस बागलुङले संगठन विस्तार अभियान थालेको छ । गाउँसम्म संगठन विस्तार गर्ने गरी बागलुङका १० वटै पालिकामा अभियान सञ्चालन गरेको हो । अभियान अन्र्तगत जिल्लाको गल्कोट नगरपालिकामा प्रथम नगर अधिवेशन गरेको छ ।

‘श्रमको सम्मान गरौ, श्रम शक्ति नै राष्ट्र शक्ति हा’े भन्ने मुल नाराका साथ पहिलो पटक गल्कोटमा समिति गठन गरिएको छ । प्रथम अधिवेशनको उदघाटन गर्दै गल्कोट नगरपालिका प्रमुख भरत गैरेले श्रमिक वर्गको हक, हितको लागि कानुन भएपनि कार्यान्वयन भने हुन नसकेको बताए । उनले श्रमजीवी वर्गका सबै खाले समस्यालाई समाधान गर्न सबै क्षेत्रको भुमिका अपरिहार्य रहेको बताए ।

कार्यक्रममा पुर्व सांसद एवं महाधिवेशन प्रतिनिधि नर बहादुर पुन, नेपाली कांग्रेस बागलुङका सहसचिव एवं गल्कोट नगरपालिका–३ का वडा अध्यक्ष फम खत्री, महासमिति सदस्य एवं नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय प्रतिनिधि उमाकान्त पौडेल, नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रदेश ‘क’ का सभापति तिलक घर्ती, नेपाली कांग्रेस गल्कोट नगरपालिका कार्यवाहक सभापति यज्ञप्रसाद सापकोटा, नेपाली कांग्रेस जिल्ला सदस्य एवं गल्कोट नगरपालिका महिला संघ अध्यक्ष मिना श्रेष्ठले मन्तव्य राखेका थिए । नेपाल ट्रेड युनियन कांग्रेस बागलुङका अध्यक्ष ईश्वर ठाकुर पौडेलको अध्यक्षता र सचिव विर बहादुर किसानको संचालनमा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो ।

गल्कोटमा भएको प्रथम नगर अधिवेशनले १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मन चयन गरेको छ । समितिको अध्यक्षमा ईश्वर गौतम, उपाध्यक्षमा सुरेश छन्त्याल, महिला उपाध्यक्षमा उमा न्यौपाले, सचिवमा गोविन्द उपाध्याय, सह सचिव कृष्ण प्रसाद गौतम र कोषाध्यक्षमा धना खड्का रहेका छन् । सदस्यमा रन्त अधिकारी, दुर्गा बहादुर भण्डारी, राजन सुवेदी र केशव गौतम रहेका छन् । अन्य सदस्य भने समितिलेपछि मनोनय गर्ने भएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेस बागलुङले यस अगाडि जिल्लाको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा अधिवेशन सम्पन्न गरिसकेको छ । आगामी दिनमा अन्य बाँकी रहेका पालिकामा अधिवेशन गर्ने तयारी नेपाल ट्रेड युनियन कांग्रेस बागलुङले गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *