६१ औं दिनमा मुस्ताङमा हवाइजहाज


अमृत बास्कुने, म्याग्दी

हिमालपारीको जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा ६१ दिन पछि बिहीबार हवाइ उडान भएको छ ।

गत असार १५ गते देखि रोकिएको हवाइ उडान भदौ १३ देखि शुरु भएको हो । भदौ १३ गते बिहीबार मुस्ताङमा समिट एयरको पाँच वटा फ्लाइट भएको छ । उक्त पाँच वटा फ्लाइटबाट पाँच जना नेपाली सहित ८४ जना यात्रुहरु मुस्ताङ आइपुगेको मुस्ताङका प्रहरी नायव उपरीक्षक(डिएसपी) भोजराज पाण्डेयले जानकारी दिनुभयो ।

गएको असारको तेश्रो साता देखि अबरुद्ध भएको हवाइ उडान बिहीबार देखि सुचारु भएको नागरिक उड्यायन प्राधिकरण मुस्ताङका प्रमुख केशब लम्सालले बताउनुभयो । विगतको समयमा बिमानस्थलमा कुकुर प्रवेश गरेर सताउने गरेको भए पनि अहिले बिमानस्थल वरपर अग्लो तारबार लगाएर कुनै पनि प्रकारको जनावरहरु भित्र छिर्न नसक्ने खालको बनाईएको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले मुख्य गेटबाटै गएछ भने छुट्टैकुरो होइन भने अन्यत्रबाट गाइभैसी तथा कुकुरहरु केही पनि छिर्न नसक्ने गरी व्यवस्थापन गरिएको छ ।

मुस्ताङका पर्यटन व्यवसायी अमृत सुवेदीले स्थल मार्गबाट सवारी साधनको यात्रा हुने बेनी–जोमसोम सडक सँगै पोखरा–जोमसोम हवाइ उडान शुरु भए पछि मुस्ताङका पर्यटकको आगमन बढ्ने बताउनुभयो । हवाइ उडान शुरु भए संगै बिदेशी पर्यटकको आगमन मुस्ताङमा अझै बढ्ने उहाँको तर्क छ ।

पोखरा–जोमसोम रुटमा वर्षात्को शुरुआत भए सँगै असार १५ पछि हरेक वर्ष हवाइ उडान बन्द हुने र भदौ दोश्रो साता पछि उडान सुचारु हुने गरेको छ । यस वर्ष पनि वर्षात्को सिजन सुरु भए पछि बन्द भएको हवाइ उडान वर्षात् कम हुँदै गए पछि पुनः सुचारु भएको मुस्ताङका पूर्व सांसद प्रेमप्रसाद तुलाचनले बताउनुभयो । दुई महिना पछि आजबाट हवाइ उडान सुरु भयो र म पनि आजै उडानबाटै आएँ, अब पोखारा जोमसोमको हवाइ उडान सँगै मुस्ताङ आउने आन्तरीक तथा बाह्य पर्यटकको चाप बढ्ने आशा गर्न सकिन्छ–उहाँले भन्नुभयो । तुलाचनका अनुसार आजका सबै उडानहरु फुल फेजमा आएको र अधिकांश भारतीय पर्यटकहरु रहेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *