अन्तरपार्टी महिला सञ्जालको तीज मिलान कार्यक्रम सम्पन्न


आदर्श अनलाइन, बागलुङ
अन्तरपार्टी महिला सञ्जाल बागलुङले नेपाली महिलाहरुको महान चाड तीजको अवसरमा तीज मिलान कार्यक्रम सम्पन्न गरेको छ ।

सञ्जाल गठन भएदेखि हालसम्मका अध्यक्ष तथा पदाधिकारीहरुको विचमा भेटघाट तथा अन्तरक्रिया गर्दै तीज मिलान कार्यक्रम सम्पन्न गरिएको हो ।

सो अवसरमा संविधान सभा सदस्य रत्न शेरचनले तीजलाई महिला शसक्तिकरणको पर्वको रुपमा मनाउनु पर्नेमा जोड दिनु भएको थियो । उहाँले समयसँगै परिवर्तन भन्दैमा संस्कार र संस्कृतीनै खतरामा पर्ने गरि तीज गितमा आएको परिवर्तनले बदनामी मात्र प्राप्त हुने बताउनु भएको थियो ।
उहाँले समयसँगै आएका परिवर्तनलाई आत्मसाथ गर्दै तीजका गीतबाट अझै चेतनाको विकास र महिला अधिकारको विस्तारमा टेवा पुर्याउनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा सञ्जालका निर्वतमान अध्यक्ष तथा प्रदेश सभा सदस्य कुशुम बुढा, सल्लाहकार लक्ष्मी बास्कोटा, शकुन्तला शर्मा, उषा पौडेल, हुमा कुमारी जिसी (अञ्जु) लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्र्यक्रम अन्तरपाटी महिला सञ्जाल बागलुङका अध्यक्ष सीता सापकोटाको अध्यक्षता र सचिव कालिका सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *