स्थापना दिवसको अवसरमा सामाजिक कार्य


अमृत बास्कुने, म्याग्दी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको वार्षिकोत्सवको अवसर पारेर सामाजिक कार्य गरेको छ । कम्पनिको धौलागिरी एरिया शाखाले साविकको धौलागिरी अञ्चालका विभिन्न स्थानमा सामाजिक कार्य गरेको हो ।

कम्पनिले आफ्नो ७ वर्षपुरा भएर ८ औं वर्ष प्रवेशको अवसर पारेर म्याग्दी पर्वत र बागलुङमा सामाजिक उत्तरदायित्व अन्तरगतको कार्य गरेको हो । कम्पनिले पर्वतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सँग सहकार्य गरेर ट्रफिक चिन्हहरु रााख्ने काम गरेको छ ।

त्यस्तै बागलुङमा पनि ट्राफिक प्रहरी संग सहकार्य गरेर ट्रफिक चिन्ह राख्नुका साथै भगवती मन्दिरमा फोहोर व्यवस्थापनका लागि डस्टबिन प्रदान गरिएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका धौलागिरी एरिया म्यानेजर देवेन्द्र घिमिरेले जानकारी दिनुभयो । त्यस्तै म्याग्दीको बेनीमा सवारी साधनको सहजताका लागि सन्देश सहितको होर्डीङबोर्ड स्थापना गराएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २०७४ भदौ १५ गतेदेखि जीवन बीमा सेवा शुरू गरेको थियो । वार्षिकोत्सवका अवसरमा इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरेको र त्यही अन्तरगत तीन िजिल्लामा सामाजिक क्षेत्रमा कार्य गरेको एरिया म्यानेजर घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार देशका अन्य क्षेत्रमा रक्तदान, सरसफाई र दन्त शिविर लगायतका कार्यक्रम गर्नुका साथै आगामी दिनमा बीमित र शेयरधनी दुबैलाई अझै राम्रो प्रतिफल प्रदान गर्न कम्पनी प्रयासरत रहेको छ ।
उहाँले अभिकर्ता, कर्मचारी, बीमित, नियामक, सञ्चारकर्मी लगायत सबै इच्छुकको सहयोगमा इन्स्योरेन्सलाई सबै सूचकका आधारमा अब्बल इन्स्योरेन्सका रूपमा स्थापित गर्न सफल भएको बताउनुभयो ।

सात वर्षको अवधिमा इन्स्योरेन्सले चुक्ता पूँजी २ अर्ब ५० करोड रूपैयाँबाट ४ अर्ब ६४ करोड रूपैयाँ पु¥याएको छ । नियामक नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम न्यूनत्तम चुक्ता पूँजी ५ अर्ब रूपैयाँ कायम गर्न इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०÷०८१ मा प्रिमियम मूल्यमा सर्वसाधारणमा प्राथमिक शेयर निष्काशन समेत गरेको थियो । एक अर्ब २० करोड रूपैयाँको प्राथमिक शेयर निष्काशन पछि कम्पनिले ६४ करोड रूपैयाँको बोनश शेयर समेत वितरण गरि सकेको उहाँले जानकारी दिनुभयो ।

रिलायबल नेपाल इन्स्योरेन्ससँग शेयर प्रिमियम वापतको १ अर्ब ७५ करोड ३ लाख रूपैयाँ जगेडा रहेको र यसबाहेक अवितरित मुनाफा वापतको रकम ७४ करोड १२ लाख ५९ हजार रूपैयाँ रहेको छ । अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको नाफा ४२ करोड ६३ लाख ५८ हजार रूपैयाँ रहेको र हालसम्म कुल २८ लाख ३४ हजार ३६९ बीमालेख जारी गरेको जनाएको छ । कम्पनीले गत आवमा कुल १ अर्ब ४७ करोड ५३ लाख १३ हजार रूपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्नुका साथै २ अर्ब ७३ करोड ३६ लाख रूपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको जनाएको छ ।

गत आर्थिक वर्षको असार मसान्त सम्ममा इन्योरेन्सको लगानी १६ अर्ब ३९ करोड ७३ लाख ३० हजार रूपैयाँ रहेको र महाविपत्ती कोषमा १६ करोड ३२ लाख ४५ हजार रूपैयाँ रहेको छ । इन्स्योरेन्सले गत आवमा १ अर्ब १६ करोड २२ लाख ५७ हजार रूपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनिले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *