क्षत्री महिला समाजको आयोजनामा तीज विषेश कार्यक्रम


आदर्श अनलाइन, बागलुङ
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा क्षत्री महिला समाज र क्षत्री नगर समाजको आयोजना तथा क्षत्री समाज बागलुङको सहयोगमा शनिबारदेखि तीज विषेश कार्यक्रम सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले सबै जात जाती, भाषा र धर्म मान्नेहरु एउटै ब्यानरको तल बसेर क्षत्री समाजले आयोजना गरेको कार्यक्रमले सामाजिक सदभावमा वृद्धि गरेको बताउनु भएको थियो । उहाँले मौलिक संस्कार र संस्कृतीको रक्षा गर्नु सबैको जिम्मेवारी रहेको भन्दै पछिल्लो समय बढ्दै गएका विकृतीलाई रोक्ने जिम्मा पनि आम नेपालीकै भएको बताउनु भएको थियो ।



कार्यक्रम जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक ऋषीराम कँडेल, क्षत्री समाज बागलुङका संरक्षक तथा पुर्व अध्यक्ष बाबुराज कार्की, समाजका केन्द्रिय सदस्य खड्कबहादुर भण्डारी(जीवन), क्षत्री समाज बागलुङका अध्यक्ष रुद्रबहादुर महत, पर्वतका अध्यक्ष सरस्वती भण्डारी र नेपाल मगर संघ बागलुङका अध्यक्ष श्याम पुनले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रम क्षत्री महिला समाजका अध्यक्ष भावना खड्काको अध्यक्षता, क्षत्री समाजका नगर अध्यक्ष एकबहादुर केसी ‘संगम’को स्वागत र क्षेत्री पत्रकार समाज बागलुङका उपाध्यक्ष सिर्जना पन्तको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा आयोजित तीज गीत प्रतियोगितामा विभिन्न संघसंस्था, क्लब, विद्यालय, वडा, समाज र समुह गरी २७ टोलीको सहभागिता छ । प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्धितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार, सान्त्वना हुनेलाई ५ हजार र उत्कृष्ट कलाकारलाई २ हजारको व्यवस्था गरिएको समाजले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरु रितु थापा, कृष्ण अखेली, सीता परियार, सुमन खड्का, सरस्वती लामिछाने, भरत क्षेत्री, जिवन दाहाल, रेणु केसीको प्रस्तुती रहने समाजका जिल्ला अध्यक्ष रुद्रबहादुर महतले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *