राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियान सात ठाउँमा

आदर्श अनलाइन,बागलुङ
गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं ! संघीयताको खारेज गराैंभन्ने उदघाेष सहित सञ्चालित राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियान बागलुङको सल्यान, छिस्ती, धम्जा, मल्म, दर्लिङ, अधिकारीचाैर, झिम्पामा गरि सातै वटा टाेलिकाे कार्यक्रम सम्पन्न भएको छ ।

जस अनुसार टाेलि नं १ काे कार्यक्रम बरेङ गाउँपालिकाकाे वडा न ४, सल्यानमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश उपाध्यक्ष धर्म बहादुर कुँवर, राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण पाैडेल, जिल्ला सदस्य हिरा बहादुर थापा, राष्ट्रिय जनमाेर्चा बरेङका सचिव पृथ्वी बहादुर पुन, सहसचिव तुफान पुन, सल्लाहकार रुपनारायण शर्मा, लगायतले मन्तव्य दिनु भएको थियोे ।

कार्यक्रम वडा समितिका अध्यक्ष खडक पुनकाे अध्यक्षता, वसन्त थापाकाे सञ्चालनमा सम्पन्न भएको थियोे । टाेलि नं २ काे कार्यक्रम जैमिनी नगरपालिकाकाे वडा न ८, छिस्तीमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, केन्द्रीय सदस्य डिल बहादुर दर्जी, राष्ट्रिय जनमाेर्चा बागलुङका सल्लाहकार तथा जैमिनी नगर प्रमुख नर बहादुर पुन, राजमाे नगर सदस्य झलक पुन लगायतले प्रशिक्षण मन्तब्य दिनुभएको थियोे । कार्यक्रम चुडामणी शर्माकाे अध्यक्षता, रघुनाथ पौडेलकाे सञ्चालन र दल बहादुर क्षेत्रीकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे । टाेलि नं ३ काे कार्यक्रम काठेखाेला गाउँपालिकाकाे वडा न ३, धम्जामा सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष तिलक थापा, राजमाे जिल्ला सदस्य लक्ष्मण पुन, टिकासंगम बिक, जिल्ला सल्लाहकार अर्जुन खत्री लगायतले शुभकामना मन्तब्य दिनुभएको थियोे । कार्यक्रम वडा समितिका अध्यक्ष निरज कुमार बिककाे अध्यक्षता, वडा समितिका सचिव याम बहादुर थापाकाे सञ्चालन र अर्जुन खत्रीकाे स्वागत मन्तव्यमा सम्पन्न भयकाे थियो ।

टाेलि नं ४ काे कार्यक्रम गलकाेट नगरपालिकाकाे वडा न ९, मल्ममा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङगाना, राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य बेदीलाल सापकोटा, राष्ट्रिय जनमाेर्चा बागलुङका सल्लाहकार टंक केसी, जिल्ला सदस्य पदम श्रेष्ठ, बिष्णु बस्नेत लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे। कार्यक्रम भिम कुमारी गाैतमकाे अध्यक्षता, लक्ष्मण सापकोटाकाे संचालन र डिलाराम सापकोटाकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे। टाेलि नं ५ काे कार्यक्रम बडिगाड गाउँपालिकाकाे वडा न १०, दर्लिङ निगलपानीमा सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य थानेश्वर सुवेदी, अखिल नेपाल युवक संघका केन्द्रीय महासचिव भिमसेन वन, नेकपा मसाल बागलुङका प्रबक्ता मेक बहादुर पाईजा, राष्ट्रिय जनमाेर्चा बागलुङका सदस्य बाेम बहादुर थापा, राष्ट्रिय जनमाेर्चा बडिगाडका सचिव विमल श्रीस, अखिल नेपाल महिला संघका काेपिला थापा लगायतका अतिथिहरुले मन्तव्य दिनु भएको थियो । कार्यक्रम मेहरसिंह छन्त्यालकाे अध्यक्षता र दुजमान थापाकाे सञ्चालनमा सम्पन्न भएको थियाे । टाेलि नं ६ काे कार्यक्रम ढाेरपाटन नगरपालिकाकाे वडा न ५, अधिकारीचाैरमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका सचिव भिमलाल पाेखरेल, राष्ट्रिय जनमाेर्चा बागलुङका काेषाध्यक्ष दिपक थापा, तम बहादुर घर्ती, अखिल नेपाल शिक्षक संघका सुनमाया घर्ती लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

कार्यक्रम तुल्सीराम खरेलकाे अध्यक्षता, राम गाैतमकाे सञ्चालन र चन्द्र बहादुर घर्तीकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे । टाेलि नं ७ काे कार्यक्रम निसीखाेला गाउँपालिकाकाे वडा न ४, झिम्पामा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य गाैरीश्वर पाण्डे, राष्ट्रिय जनमाेर्चा बागलुङका उपाध्यक्ष खिम बिक्रम शाही, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सल्लाहकार प्रगति बुढा, लगायतले मन्तब्य दिनुभएको थियोे । कार्यक्रम टंक पाैडेलकाे अध्यक्षता र थमन घर्तीकाे सञ्चालनमा सम्पन्न भयकाे थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *