अन्टार्कटिका पुग्ने पहिलो नेपाली गृह जिल्लामा सम्मानित


खेमराज गौतम, बागलुङ
अन्टार्कटिकामा पुग्ने पहिलो नेपाली भुवनसिंह बिश्वकर्मालाई गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ । अन्टार्कटिकामा पहिलो पाहिला टेक्ने नेपाली विश्वकर्मालाई बागलुङ नगरपालिकाले रु. २५ हजार सहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

रु. ९ करोड लागतमा निर्माण गरिएको आधुनिक बागलुङ बसपार्क उद्घाटन कार्यक्रममा मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको बाहुलीबाट भुवनसिंह विश्वकर्मालाई सम्मान गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानमा जन्मनुभएको विश्वकर्मा सन् १९८६ मा पृथ्वीको दक्षिणी ध्रुव अन्टार्कटिका महादेशमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ । उहाँ भारतीय सेनामा कार्यरत हुदा भारतीय सेनाको अनुसन्धान टोलीका साथ प्राविधकको रुपमा त्यहाँ पुग्नुभएको थियो ।

प्रसिद्ध प्रर्बल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित र गिनिजबुकमा नाम लेखाउन सफल बिश्वकर्माले बागलुङ नगरपालिकाको नाम चिनाउन सफल हुनुभएकाले सम्मान गरिएको बागलुङ नगरपालिकाले जनाएको छ । “बागलुङमा जन्मेर अन्टार्कटिकामा पुग्ने पहिलो नेपालीको रुपमा देशभर परिचय बनाइसक्दा गृह नगरपालिकाले उहाँलाई सम्मान गर्न आवश्यक थियो” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “बागलुङ जिल्लाको नाम चिनाउन उहाँको ठूलो योगदान छ ।”

विश्वकर्मा हाल वुटवल उपमहानगरपालिका ११ मा बस्दै आउनुभएको छ । उहाँको नाममा वुटवल उपहानगरपालिकाले भुुवनसिंह मार्ग भनेर सडकको समेत नामाकरण गरेको छ । सम्मान ग्रहणपछि बोल्दै बिश्वकर्माले प्रर्बल गोर्खा दक्षिण बाहु दोस्रोबाट समनित हुँदा भन्दा गृह पािलकाले सम्मान गर्दा धेरै गर्भ लागेको बताउनुभयो ।

उहाँले गृह नगरपालिकाले सम्झेर गरेको सम्मानप्रति आफू सदैव ऋणि रहेको बताउनुभयो । “नेपालका विभिन्न जिल्लामा सम्मान भइसक्दा बागलुङले सम्झेन भन्ने लाग्दथ्यो, बागलुङ नगरपालिकाले भव्य कार्यक्रमका बीच सम्मान गरेको छ, जन्मगाउँमा केहीगर्नका लागि बागलुङ नगरपालिका संग सहकार्य गर्छु ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *