म्याग्दीका नारायण जिसी नेपाल निर्माण उद्योग परिषदको उपाध्यक्ष


आदर्श अनलाइन, म्याग्दी

काठमाडौंमा सम्पन्न एमालेसम्बद्ध निर्माण व्यवसायीहरुको छाता सङ्गठन नेपाल निर्माण उद्योग परिषदको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट म्याग्दीका व्यवसायी नारायण जिसी उपाध्यक्ष निर्वाचित हुनुभएको छ ।

साधारणसभा तथा अधिवेशनले नेपाल निर्माण उद्योग परिषदको केन्द्रीय अध्यक्षमा दाङका बलिभद्र राना र खुल्ला उपाध्यक्षमा सुरेन्द्र पाठक चयन भएका हुनुभएको छ । प्रदेश उपाध्यक्षतर्फ गण्डकीमा म्याग्दीका जिसीसँगै कोशी प्रदेशको उपाध्यक्षमा कमल गौतम, मधेशमा राम सुरत देव, बागमतीमा नारायण बडाल, लुम्बिनीमा प्रकाश शाह, कर्णालीमा लक्ष्मण प्रकाश पोखरेल र सुदुरपश्चिम प्रदेशको उपाध्यक्षमा कृष्णबहादुर साउद चयन हुनुभएको छ ।

यसअघि परिषदको केन्द्रीय सदस्य रहनुभएका जिसी हालै भएको साधारणसभा तथा अधिवेशनबाट उपाध्यक्ष निर्वाचित हुनुभएको परिषदले जनाएको छ । म्याग्दीको एक मात्र क्रसर व्यवसायी जिसीले दुई कार्यकाल निर्माण व्यवसायी संघ म्याग्दीको नेतृत्व गरिसक्नु भएको छ ।

नेकपा एमाले बेनी नगरपालिका कमिटीको निवर्तमान अध्यक्ष समेत रहनुभएका जिसीले अहिले पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य एवं युवा फाँट इन्चार्जको जिम्मेवारीमा हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *