मिना परियार हत्या प्रकरण : राम खत्री सहित पाँच जना विरुद्ध अभियोजन दर्ता


अमृत बास्कुने, म्याग्दी

म्याग्दीको बेनी नगरपालिका–९, की १९ वर्षिय युवती मिना परियारको हत्या गरेको अभियोगमा राम खत्री सहित पाँच जना विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीले जिल्ला अदालत म्याग्दीमा शुक्रबार अभियोजन दर्ता गरेको छ ।
गत २०८० पुस १६ गते देखि हराएकी परियारको सव गत साउन २७ गते सडेको अवस्थामा बेनी नगरपालिका–९ गिठीनी स्थित ठुलोखोलाको जंगलमा फेला परेको थियो । सव सँगै भेटिएको सिक्री, चप्पल तथा कपडाका आधारमा मिना परियारको भएको मिनाका आमा फुलमायाँ दमैले पहिचान गर्नुभएको थियो ।

परियारको हत्या गरिएको भन्दै परिवारले दिएको उजुरीका आधारमा गिरफ्तार भएका बेनी नगरपालिका– ९ का ४९ वर्षिय रेनु खत्री, २६ वर्षिय बिक्की खत्री, २२ वर्षिय श्याम खत्री, १८ वर्षिय रोजन खत्री र २१ वर्षिय राम खत्री बिरुद्ध शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोजन गर्दा गरेको शुक्रबार पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक(डिएसपी) भरत श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘हामीले अनुसन्धान सकेर सरकारी वकिललाई बुझाएको र वकिलले अदालतमा अभियोजन दर्ता गरेको हो ।’

यस अघि बेनी नगरपालिका–९ कि १९ वर्षिय मीना परियार गत २०८० पुस १६ गते राती घरबाटै बेपत्ता भएपछि मिनाकी आमाले २०८० माघ २३ गते बेनी नगरपालिका–९ का २१ वर्षिय राम खत्री विरुद्ध व्यक्ति बेपत्ता गरेको भन्दै उजुरी दिनुभएको थियो । खत्री विरुद्ध २०८० फागुन १७ गते मुलुकी फौजदारी कार्याविधि संहिता–२०७४ को दफा २०६ बमोजिम व्यक्ति वेपत्ता पारेको अभियोग पत्र जिल्ला अदालत म्याग्दीमा दायर गरेको थियो । अदालतमा दायर भएको अभियोगपत्र बमोजिम खत्रीलाई जिल्ला अदालत म्याग्दीले २०८० फागुन १७ गते नै पुर्पक्षका लागि कारागार चलान गरेको थियो । सब भेटिए पछि खत्रीलाई जिल्ला प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयमा ल्याएर बयान गराउँदा उनले आफैले मिनाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक(इन्सपेक्टर) राजन रायमाझीका अनुसार २०८१ साउन २७ गते बेलुका सव भेटिएको थियो । पिडीत पक्षले राम खत्री यस अगाडी नै मिनालाइ नै बेपत्ता पारेको उजुरीका आधारमा पुर्पक्षका लागि थुनामा रहेका खत्री समेत थप चार जनाका बिरुद्धमा साउन ३० गते हत्या आरोपमा किटानी जाहेरी दिनुभएपछि सवको पोष्टमार्टम साउन ३१ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा एकेडेमी अफ हेल्थ साइन्स, पोखरामा भएको थियो । साथै आरोपित अन्य सबैलाई प्रहरीले गिरफ्तार गरेर अनुसन्धान अगाडी बढाएको थियो ।

राम खत्री र मिना परियार बिचमा शारीरीक सम्बन्ध भएको र मिनाको गर्भमा बच्चा समेत रहेको उनीहरु बिचमा भएको सामाजिक सञ्जालको कुराकानीबाट पनि खुलेको प्रहरीले जनाएको छ । सव फेला परेपछि आरोपित राम खत्रीले आफूले नै रातको समयमा मिनालाई बोलाएर गर्भपतन गर्न भनेको र नमाने पछि हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘कि भागेर भारत तिर जाउँ कि त गर्भपतन गराउँ भनेर मिनलाई भन्दा दुवै जनाले आत्महत्या गर्ने मात्रै जिद्दी गरेकाले हत्या गरेको हुँ भन्ने रामको भनाई आयो ।’ घरमा परिवारले समाजमा आफ्नो इज्जत जाने भएकाले यो समस्या सल्टाउन भनेर पुस १५ गते बेलुका दवाव दिए पछि आफूले १६ गते बेलुका एक्लै बोलाएर हत्या गरेको खत्रीले स्वीकार गरेको प्रहरीले जनाएको छ । राम खत्री यस अगाडी पनि २०७६ फागुन ५ गते बेनी नगरपालिका–५ पुलाचौरमा भएको धारीलो हतियार प्रहार गरेको घटनामा ज्यानमार्ने उद्योग र डाँका गरेको आरोपमा प्रहरी हिरासत तथा कारागारमा ४२ दिन बसेको र पछि सफाइ पाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना सल्टाउनु भन्दै परिवारले दवाब दिएकोले हत्या भएको हुँदा पाँचै जना बिरुद्ध मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर अन्तरगत दफा १७७ को ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने माग दावी अनुरुप अभियोगपत्र सरकारी वकिलले अदालतमा दर्ता गराएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *