स्वास्थ्य कार्यालयको समिक्षा शुरु


आदर्श अनलाइन, बागलुङ
स्वास्थ्य कार्यालय बागलुङले आर्थिक वर्ष २०८०/८१ मा जिल्लाभर स्वास्थ्य क्षेत्रमा गरिएका काम र प्रगतिको समिक्षा गर्न थालेको छ । आइतबार जिल्ला स्तरीय समिक्षा कार्यक्रमको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले उद्घाटन गर्नुभएको थियो ।

समिक्षा कार्यक्रममा आइतबार स्वास्थ्य कार्यालय बागलुङ, जिल्लाका १० स्थानीय तहको स्वास्थ्य शाखा तथा स्वास्थ्य क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरुको प्रस्तुतीकरण रहेको थियो ।

जिल्ला स्तरीय समिक्षा कार्यक्रममा स्वास्थ्यमन्त्री पाठक सहित बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्का लगायतको उपस्थितिमा रहेको छ ।

आइतबार दिनभर स्वास्थ्य क्षेत्रको प्रगती, समस्या र चुनौतीको विषयमा छलफल गरिनेछ भने सोमबार मात्रै स्वास्थ्यमन्त्री पाठक सहित महानिर्देशक लगायतले टिप्पणी गर्ने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले जिल्लाको स्वास्थ्य क्षेत्रमा एक वर्षमा गरिएको कार्यप्रस्तुत गर्नुभएको थियो भने स्वास्थ्य क्षेत्रमा रहेको चुनौती र समस्याका विषयमा अवगत गराउनुभएको थियो ।

यस्तै बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खानाल, गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुसिल पौडेल, ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्मा, बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम पुन, जैमिनी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख गोबिन्द प्रसाद शर्मा, ताराखोला गाउँपालिकाबाट उदित थापा, बडिगाड गाउँपालिकाबाट होम बहादुर पुन, तमानखोलाबाट तिल बहादुर छन्त्याल, निसीखोलाबाट टोप बहादुर चन्द र काठेखोलाबाट सोमराज पाण्डेयले पालिकामा स्वास्थ्य क्षेत्रमा भएका प्रगती, समस्या र चुनौतीको विषयमा प्रस्तुतीकरण राखेका थिए ।

कार्यालय प्रमुख बाबुराम आचार्यको अध्यक्षतामा शुरु भएको कार्यक्रमको क्षय कुष्ठ निरिक्षक देव प्रकाश घिमिरेको स्वागत तथा सञ्चालन तथ्याङ्क अधिकृत घनश्याम सापकोटाको रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *