काठेखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कार्की


आदर्श अनलाइन, बागलुङ

बागलुङको काठेखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमको गृह मन्त्रालयमा सरुवा भएको छ ।

गौतमको गृह मन्त्रालयमा सरुवा भएपछि प्रमुख प्रशासकीय अधिकृतको रुपमा चुर्ण बहादुर कार्की सरुवा भएर आउनुभएको काठेखोला गाउँपालिकाका प्रवक्ता टिका संगम बिकले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत कार्की संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट काठेखोला गाउँपालिकामा सरुवा भएर आउनुभएको प्रवक्त बिकले बताउनुभयो ।

नवआगन्तकु प्रमुख प्रशासकीय कार्कीलाई गाउँपालिका अध्यक्ष राजु थापा, प्रवक्ता टिका संगम बिक, निमित्त प्रमुख प्रशासकीय अधिकृत उत्तम पौडेल लगायतले कार्यालयमा स्वागत गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *