मनसुन कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

आदर्श अनलाइन, म्याग्दी
बेनी नगरपालिका–६ चुत्रेनीमा द मनसुन युथ क्लबको आयोजना आयोजित खुल्ला फुटबल प्रतियोगिताको उपाधि आयोजक क्लबले हात पारेको छ । ९ ए साइड सिस्टममा सञ्चालित प्रतियोगिताको फाइनलमा बेनी नगरपालिका–८ कालिपुलको वाण्टेड युथलाई पराजित गर्दै उपाधि हात पारेको हो ।

विभिन्न २१ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनलको निर्धारीत समय शुन्यशुन्य गोलमा बराबरीमै सकिए पछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा द मनसुन युथ क्लबका गोलरक्षकले वाण्टेड युथको एउटा प्रहार रोके पछि खेल ५–३ गोल अन्तरले मनसुनले जितेको क्लबका अध्यक्ष दिनेश बानियाँले जानकारी दिनुभयो ।

प्रतियोगिताको बिजेता द मनसुन युथले नगद ८० हजार रुपियाँ, दोश्रो हुने टिम वाण्टेड युथ कालिपुलले नगद ४० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै अनुसासित टिम पश्चिम म्याग्दी दरबाङले नगद आठ हजार प्राप्त गरेको छ ।

उच्च गोलकर्ता पश्चिम म्याग्दी दरबाङका सनिश बुढामगर, उत्कृष्ट स्ट्राइकर वाण्टेड कालिपुलका सजिन फगामी, उत्कृष्ट मिडफिल्डर राजीब श्रीष मगर, राईजिङ प्लेयर बरदान थापा र उत्कृष्ट डिफेन्डर निसान मगर, उत्कृष्ट गोलकिपरमा सज्जन किसान द मनसुन युथ क्लबका खेलाडीहरुले नगद तीन हजार रुपियाँ सहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ । त्यस्तै उत्कृष्ट खेलाडी द मनसुनका समराट लिम्बुले नगद चार हजार रुपियाँ हात पार्नुभएको द मनसुन युथ क्लबका सदस्य रोशन कटुवालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *