रेशका वेपत्ता दुई बालिका भेटिए

आदर्श अनलाइन, बागलुङ

बागलुङबाट १४ दिन अघि बेपात्ता पारिएका दुई बालिकाको उद्दार गरिएको छ । दुईमध्ये एकको भारतीय सिमानाका काँकडभित्ता र अर्का बालिकाको चितवनको होटलबाट उद्दार गरिएको छ ।

बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका २ बालिका बेपत्ता भएको १४ दिनपछि सकुसल फेला परेका छन् । उनिहरुको छुट्टा–छुट्टै स्थानबाट उद्दार गरेर आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले बताउनुभयो ।

रेशको नुन्थला माध्यामिक विद्यालयको कक्षा ९ र १० मा अध्यनरत सन्ध्या किसान र अमृता किसान भदौ १३ गते बिहानदेखि बेपत्ता भएका थिए ।

उनिहरुको खोजीकार्यका लागि प्रहरीले नेपालभर फोटो सहितको विवरण पठाएकोमा खोजी कार्य गर्दा उद्दारमा सहज भएको थियो

बेपत्ता अमृता किसानलाई भारत तर्फ लगिदै गर्दा झापा स्थित आफन्त नेपालले उद्दार गरेको विद्यालयलका प्रधानध्यापक ओम बहादुर थापाले जानकारी दिनुभयो ।

यस्तै सन्ध्या किसानलाई चितवनको एक होटलबाट उद्दार गरि आफन्तको जिम्मा लगाइएको छ । सन्ध्या किसान काँकडभित्तामा आफन्त नेपालले उद्दार गरेको बाबा नर बहादुर चर्माकारले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *