हिमाल शर्माको मुद्दामा उच्च आदलतद्वारा अन्तरिम आदेश जारी भएन


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगर खानेपानीका प्रबन्धक शर्माको पुर्नवाहाली मुद्दामा उच्च अदालत पोखरा बागलुङ इजलाशले अन्तरिम आदेश जारी नगरेको हो ।

बागलुङ नगर खानेपानी संस्थाको प्रबन्धकबाट नगर खानेपानी समितिले बर्खास्त गरेपछि शर्माले उच्च अदालत बागलुङमा निर्णय सच्चाउदै पुर्नवाहालीको माग गर्दै मुद्दा दर्ता गराउनुभएको थियो ।

शर्माको मुद्दामा न्यायाधिशकद्वय नातिबाबु लामिछाने र यज्ञबहादुर रानामगरले बुधबार विपक्षिलाई लिखित जवाफ माग्दै अन्तिरम आदेश नदिएको हो । यो संगै शर्मा तत्कालका लागि खानेपानीमा फर्कनबाट बन्चित हुनुभएको छ । उक्त मुद्दामा लिखित जवाफ पेश भएपछि मात्रै फैसला हुनेभएको छ ।

शर्माको पक्षमा काजी गाउँले श्रेष्ठ र उमा शंकर सापकोटाले बहस गरेका थिए भने नगर खानेपानी समिति तथा बागलुङ नगरपालिकाको तर्फबाट अधिवक्ता राम शर्मा, भुमिश्वर गौतम, कृष्ण प्रसाद न्युरे, हरि शर्मा, केशव पराजुली, हरिकृष्ण गौतम, निरन्जनलाल राजभण्डारी लगायतले बहस गर्नुभएको थियो ।

शर्मालाई खानेपानीको विधान अनुसारनै हटाइएको नगरखानेपानीले यस अघिनै जनाइसकेको छ । अदालतले नगरखानेपानीलाई लिखित जवाफ भने मागेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *