खोलाले बगाउँदा निसीखोलाका भुषाल वेपत्ता

आदर्श अनलाइन, बागलुङ
खोलाले बगाउँदा निसीखोलामा एक जना बेपत्ता हुनु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–५ बडावनखोलाका ५७ वर्षीय खिमलाल भुषाल बेपत्ता हुनु भएको हो ।

गत भदौ २१ गते साँझ निसीखोलाले बगाएर बेपत्ता हुनु भएका भुषाल अहिलेसम्म फेला नपरेको उहाँका भाई लोकिश्वर भुषालले जानकारी दिनुभयो ।

शारिरीक रुपमा अशक्त रहनु भएका भुषाले वडा नम्बर ५ को तिल्जा भन्ने स्थानबाट खोलाले बगाएको स्थानीयले देखेपछि उद्धारमा जुटेको उहाँका भाई लोकिश्वरले बताउनुभयो । एक सातासम्म पनि फेला नपरेको उहाँको भनाइ छ । स्थानीयहको सक्रियतामा निसीखोला छेउछाउमा खोजी कार्य भइरहेको भुषाल बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *