राष्ट्रिय जनमोर्चाले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठायो


आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय जनमोर्चा बागलुङले बागलुङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाएको छ ।

बिहीबार बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी मार्फत पार्टीको एजेण्डा, जनजीविकाका विषय र सामाजिक विषयवस्तुलाई समेटेर तयार गरिएको २७ वुँदे ज्ञापन पत्र प्रधानमन्त्रीलाई पठाईएको हो ।

राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापाले ज्ञापन पत्रमा उठेका विषयलाई सरकारले सम्वेदनशिल र सचेत हुन आग्रह गर्नु भएको छ । ज्ञापन पत्रमा मुलुकलाई प्रतिगमनमा लैजान विभिन्न षणयन्त्र भएको, राष्ट्रियमाथि गम्भीर खतरा उत्पन्न भएको, एमसीसी सम्झौता खारेज हुनुपर्ने, असमान सन्धि सम्झौता खारेज हुनुपर्ने, लिपुलेक नाकालाई दुई देशीय व्यापार नाका बनाउँन गरिएको सम्झौता खारेज हुनुपर्ने, असङ्लग्न पराराष्ट्र नीतिलाई संरक्षण गरिनु पर्ने, जातीवाद र क्षेत्रीयतावादको प्रवृति विरुद्ध सरकार दृढतापूर्वक उभिनु पर्ने उल्लेख गरिएको छ ।

जिल्ला अध्यक्ष थापा सहित, प्रदेश उपाध्यक्ष धर्म बहादुर कुँवर, जिल्ला सचिव भिमलाल पोखरेल, सचिवालय सदस्य लक्ष्मी बास्कोटा, लक्ष्मण पुन, थानेश्वर सुवेदी, जिल्ला सदस्य टिकासंगम विक, सल्लाहकार टेकबहादुर रोका, सदस्य रिमबहादुर थापा, नगर समिति सदस्य तुलविर श्रीष, पदम रायमाझी र बोमबहादुर थापा लगाएतले हस्ताक्षर गरेको ज्ञापन पत्रमा बचतकर्ताको रकम अपचलन गर्ने सहकारी ठगलाई कडा कारबाही गर्नुृपर्ने, बचत सहकारी र राष्ट्रिय सहकारी बैंकलाई नियमन गर्न छुट्टै कानुनको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।

इमेज र शिवशिखर सहकारीका पीडितलाई विचौलियाले प्रलोभनमा पारी मुद्दा फिर्ता गर्ने कार्य भएको भन्दै चलखेल तुरुन्त रोकेर पीडितको रकम फिर्ता गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी चाडपर्वको मौका छोपेर कृतिम अभाव सिर्जना गरी कालोबजारी गर्ने, चर्काे भाडा असुल गर्नेलाई कारबाहीकिो दायरामा ल्याउनु पर्ने उल्लेख गरिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको काम पुनःसुचारु गर्नुपर्ने, उत्तरगंगा जलासययुक्त जलविद्युतको कामलाई अगाडी बढाउनु पर्ने लगाएतका विषय समावेश गरिएको छ ।

बागलुङ नगरखानेपानीमा भएको बेथिती, अनियमितता र विवाद समाधान गरी नगर खानेपानीलाई राज्यको निकायमार्फत सञ्चालन गरिनु पर्ने उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले जनसरोकारका विषयमा राज्य र राज्यका निकाय संवेदनशिल बन्नु पर्ने बताउनु भएको थियो । उहाँले जनमोर्चाले बुझाएको ज्ञापन पत्र तत्काल प्रधानमन्त्री कार्यालय पठाउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *