‘ग्रामिण स्वास्थ्य सुधार परियोजनाले निरन्तरता पाउनुपर्दछ’


आदर्श अनलाइन, बागलुङ

२०७५ सालदेखि बागलुङमा क्रियाशिल ग्रामिण स्वास्थ्य सुधार परियोजना (फेयरमेड फाउण्डेशन)ले अझै निरन्तरता पाउनुपर्नेमा बागलुङका क्रिर्याशिल पत्रकारहरुले जोड दिएका थिए ।

विवाईसी बागलुङको व्यस्थापनमा सञ्चालित परियोजना बागलुङका १० वटै पालिकामा सक्रिय छ ।

परियोजना अझै केही वर्ष काम गर्न सके ग्रामिण स्वास्थ्य सुधारमा धेरै फाइदा हुँने र संस्थागत सुत्केरी हुनेको संख्या बढ्ने देखिएको जिल्लामा क्रियाशिल पत्रकारहरुले सुझाव दिएका छन् ।
पत्रकारहरुले फिल्डमै देखिनेगरी नागरिकको स्वास्थ्यमा सुधार भएको र ग्रामिण स्वास्थ्य सुधार परियोजनाको विषयमा स्थानीयहरुले सकरात्मक प्रतिकृया दिएको बताएका थिए । परियोजनाको सिको स्थानीय तहले गर्न आवश्यक रहेको उनिहरुको भनाई थियो ।

उक्त परियोजनाले परिणाम दिइराखेका कारण परियोजनाको निरन्तरताको लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको बताइएको छ ।

परियोजनाले स्थानीय तहको स्वास्थ्य संस्थामा अत्याधुनिक उपकरण प्रदान गर्ने, प्रयोगशाला निर्माण गर्ने, तालिम दिने र प्रसुती प्रतिक्षा घर निर्माण गर्दै आएको छ । परियोजनाले स्वास्थ्य आमा समूहलाई सक्रिय बनाई स्वास्थ्य सचेतना बढाउदै आएको छ ।

पत्रकार अन्तरक्रिर्या कार्यक्रममा परियोजनाका विज्ञ गणेश बरुवालले अपाङ्गतालाई सिप सिकाउने, स्वास्थ्य सेचतना, सरसफाई लगायतको क्षेत्रमा काम गरिरहेको बताउदै पछिल्लो समय स्थानीय तहको सह–लगानीमा धेरै काम भइरहेको बताउनुभयो ।

प्रसुती प्रतिक्षा घर, बेबी वार्मर, मोवाईल भिडियो एक्सरे, प्रयोगशाला स्थापना र अपाङ्गतालाई सहयोग गर्दै आएको बरुवालले जानकारी दिनुभयो ।

अन्तरक्रिर्या कार्यक्रममा परियोजनाका संयोजक दिपक शर्माले परियोजना अन्र्तगत गरेका स्वास्थ्य सुधारको विषयमा पत्रकारलाई सहजीकरण गर्नुभएको थियो ।

अन्तरक्रिर्या कार्यक्रममा पत्रकार प्रकाश बराल, खेमराज गौतम, तारानाथ आचार्य, डम्मर बुढा मगर, रामकृष्ण बोहोरा, नवराज परियार लगायतले उपकरण सञ्चालका लागि तालिम, विद्युत नियन्त्रण यन्त्र लगायमा सुधार गर्नुपर्नेमा जोड दिएका थिए ।

उनिहरुले परियोजना नरहेपनि परियोजनाकै हैसियतमा विवाईसीले स्थानीय तह संग मिलेर काम गर्नुपर्ने धारणा समेत राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय रानाले परियोजना साच्चिकै दुर दराजको स्वास्थ्य सुधारमा केन्द्रित भएको पाइएको बताउनुभयो ।

कार्यक्रम विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमको अध्यक्षता, विवाईसीका सदस्य प्रेम केसीको स्वागत तथा कार्यक्रम संयोजक दिपक शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *