विद्यालय स्तरीय नृत्य प्रतियोगिता

आदर्श अनलाइन, बागलुङ

युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय बागलुङ जेसीज वर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताहको चौथो दिन बिद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

विभिन्न खेलकुद, साँस्कृतिक तथा अन्य रचनात्मक कार्यक्रम सहित साताव्यापी रुपमा संचालन हुने गरि शुरु भएको जेसीज सप्ताह २०२४ को चौथो दिन बागलुङ नगरपालिका र सामाजिक बिकास कार्यालयको सहआयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

भदौ २९ गतेको बाल दिवसको सन्दर्भमा बालबालिकामा लगानी, सुनिश्चित भविश्यको थालनी भन्ने नाराका साथ विद्यालय स्तरीय १० औँ नृत्य प्रतियोगिता गरिएको सप्ताहका मुल संयोजक एवं कार्यकारिणी उपाध्यक्ष बलराम कडेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकृत धनप्रसाद पोखरेलले गर्नु भएको थियो । उद्घाटनपछि बोल्दै उहाँले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिताले महत्वपूण सहयोग पुगेको बताउनुभयो । कार्यक्रममा सामाजिक बिकास कार्यालयका प्रमुख हिमाल घर्तीले पनि मंतव्य व्यक्त गर्नु भएको थियो ।

८ विद्यालयको सहभागीता रहेको प्रतियोगिताबाट अमर आदर्श आवसिय मावि प्रथम, न्यु ओयसिस एकेडेमि द्धितीय र युएस एकेडेमि तृतीय भएका छन् । विजयी विद्यालयलाई क्रमश १० हजार, ७ हजार र ५ हजार सहित ट्रफि र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रम बागलुङ जेसीज वर्ष २०२४ का अध्यक्ष गणेश महतोको अध्यक्षता, मुल संयोजक एवं कार्यकारिणी उपाध्यक्ष बलराम कँडेलको स्वागत र कानुनी सल्लाहकार तथा कार्यक्रम संयोजक अन्जिला श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

भदौ ३१ गतेसम्म संचालन हुने सप्ताह अन्तरगतको पाँचौ दिन २९ गते शनिवार स्थापना दिवससंगै बिगतसंग बर्तमान कार्यक्रमको आयोजना गरिएको मुल संयोजक कडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *