बाल दिवसको अवसरमा चिल्ड्रेन लाइफमा ट्राफिक सचेतना कार्यक्रम

रोहन जि.सी, बागलुङ

बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखा स्थित चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा बालबालिकाका लागि ट्राफिक सचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ।

६० औं राष्ट्रिय बाल दिवसको अवसरमा चिल्ड्रेन लाइफ युवा रेडक्रस सर्कलको आयोजना तथा चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलको सह-आयोजनामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको उद्‌घाटन पछि बोल्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङ‌का उप-सभापति राजेन्द्र आचार्यले विद्यार्थीहरुलाई जीवनउपयोगी ज्ञान र सीप प्रदान गर्ने कार्यक्रममार्फत उनीहरुको चौतर्फी विकासका काम अगाडि बढाउन आवश्यक रहेको र विद्यार्थीहरुले पाएको सीप र ज्ञानबाट परिवार र समाज पनि लाभान्वित हुने बताउनुभयो ।

उहाँले विद्यालयहरुमा सञ्चालन गरिने यसप्रकारको सचेतना कार्यक्रमबाट बागलुङको ट्राफिक व्यवस्थापनमा दीर्घकालीन सकारात्मक प्रभाव देखिनेमा जोड दिनुभयो ।

कार्यक्रममा चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठ, विद्यालयका शिक्षक तथा जुरेस/युरेस शिक्षक नायक ओमकान्त कंडेल, विद्यार्थीको तर्फबाट संस्कृती खड्का, जुरेस/युरेस सदस्य कृतिका गौतम लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरिक्षक सुमन निउरेले विद्यार्थीहरुलाई सवारी साधन चलाउँदा आवश्यक कागजात साथमा लिएर हिँड्नुपर्ने, नियमको पालना गनुपर्ने, सवारी चलाउँदा ध्यान दिनुपनै जस्ता चेतनामुलक विषयमा र विद्यालयमा सिकेका कुराहरु परिवार र समुदायमा पनि सचेतना गराउने लगायतका विषयमा सहजिकरण गर्नुभएको थियो ।

स्कुलस्तरबाट नै विद्यार्थीहरुलाई ट्राफिक नियमसम्बन्धी सचेतना दिएर सवारी दुर्घटना न्यूनीकरण गराउने उद्देश्यका साथ कार्यक्रमलाई अगाडि बढाइएको हो । मुख्य गरी सहरी क्षेत्रका विद्यालयका विद्यार्थिहरुले व्यस्त सडक पार गरेर आवागमन गर्नुपर्ने अवस्था रहेकाले सचेतना कार्यक्रमले उनीहरुलाई दुर्घटनाबाट जोगाउन सहयोग पुग्ने प्रहरीको अपेक्षा गरिएको छ ।
विद्यार्थीहरुलाई सवारी दुर्घटना तथा बाटो क्रस गर्दा ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण दिइएको हो ।

सचेतना कार्यक्रममा बागलुङ नगरपालिका भित्रका विभिन्न विद्यालय अन्तर्गत जुरेस/युरेसका १०० भन्दा बढि विद्यार्थीको सहभागिता रहेको चिल्ड्रेन लाइफ युवा रेडक्रस सर्कलका कोषाध्यक्ष मिकेश खड्काले जानकारी दिनुभयो ।

कार्यक्रम चिल्ड्रेन लाइफ युवा रेडक्रस सर्कलका अध्यक्ष नकुल गिरीको अध्यक्षता, सह-सचिव बबिता पौडेलको स्वागत तथा सचिव सुवास्ना भण्डारी र सदस्य ममता गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *