नेकपा एकीकृत समाजवादी बागलुङको अध्यक्षमा गौतम


आदर्श अनलाइन, बागलुङ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङको अध्यक्षमा पिंगलराज चयन हुनुभएको छ । जिल्ला अध्यक्ष लाल बहादुर थापा एमालेमा प्रवेश गरेपछि गौतमलाई तत्कालै केन्द्रिय कार्यसमितिले संयोजक तोकेका थियो ।

शनिबार बसेको नवौ जिल्ला कमिटिको पूर्ण बैठकले पार्टीको हित विरित लाग्ने जिल्ला अध्यक्ष सहित सात जनालाई कार्वाही गर्दै गौतमलाई जिल्ला अध्यक्षमा चयन गरेको छ । केन्द्रीय महासचिव घनश्याम भुषालले संयोजक तोकेर पठाएका गौतमलाई जिल्ला समितिले अध्यक्ष तोकेको हो ।

जिल्ला कमिटि बैठकले पदाधीकारिमा समेत हेरफेर गरेको छ । जिल्ला समितिको उपाध्यक्षमा बेदप्रसाद शर्मा, सचिवमा शालिकराम शर्मालाई चयन गरेको छ । यस्तै उपसचिवमा चक्रबहादुर थापा र हरिबहादुर घर्तीमगरलाई चयन गरिएको छ ।

बैठकले पार्टी हित विपरित काम गरेको भन्दै पूर्व अध्यक्ष लालबहादुर थापा र सचिव भरत पुरीसहित ७ जनालाई कारवाही समेत गरेको छ । कारवाहीमा पर्नेमा तत्कालिन अध्यक्ष लालबहादुर थापा, उपाध्यक्ष केशर छन्त्याल, सचिव भरत पुरी, सदस्यहरु जीवन आचार्य, श्याम पुन, प्रेम थापा, खगेन्द्र शर्मा लगायत छन् ।

पार्टी समायोजन भयो भनेर नेकपा एमालेमामा बुझाएको माइनट नक्कली भएको बताउदै नेकपा एसमा जिल्ला सचिव शालिकराम शर्माले पार्टी स्थापना कालदेखिको माइनट पत्रकार सम्मेलनमै देखाउनुभएको थियो ।

उहाँले पार्टी छोडेर जानेले पार्टीको नाममा भएको पाँच लाख समेत हिनामिना गरेकोे, फर्निचर, प्रिन्टर लगायतका उपकरण नबुझाएर लगेको नेकपा एस बागलुङले दाबी गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *