शैक्षिक गुणस्तर बढाउन विद्यार्थी र अभिभावकलाई उत्पेरणा

आदर्श अनलाइन, बागलुङ

शैक्षिक गुणस्तर बढाउनका लागि बागलुङ नगरपालिका–८ सिगानाका विद्यालयहरु कस्सिएर लागेका छन् । उनिहरुले नयाँ–नयाँ कार्यक्रम ल्याएर विद्यार्थी, शिक्षक र अभिभावकलाई उत्प्रेरणा दिन थालिएको छ ।

शैक्षिक अन्तरक्रिर्या, शिक्षक तथा अभिभावकबीच शैक्षिक संवाद, घर भेट कार्यक्रम, विद्यार्थीलाई अध्ययनमा पठनीय सामाग्रीको प्रयोग लगायतका काम सिगानाका विद्यालयमा भइरहेको छ । बाल दिवसका दिन सिगानाभरका ४०० विद्यार्थी र २०० अभिभावकलाई उत्पेरणा तालिम प्रदान गरिएको छ ।

विद्यार्थीलाई र अभिभावकलाई छुट्टा–छुट्टै उत्प्रेरणा दिइएको थियो । सिगाना वडा शिक्षा समितिको आयोजनामा गरिएको दुई दिने कार्यक्रममा विद्यार्थीलाई सिगाना माध्यामिक विद्यालय लामिचौर र अभिभावकलाई वडा कार्यालयमा तालिम दिइएको थियो ।

उत्प्रेरणा कार्यक्रममा बुटवलको कालिका माध्यामिक विद्यालयका शिक्षक हरिश वलीले सहजीकरण गर्नुभएको थियो ।

उहाँले शैद्धान्तिक भन्दा व्यवहारिक उत्प्रेरणामा जोड दिनुभएको थियो । उहाँले विद्यार्थी र शिक्षकको आत्मियता बढ्न सकेमा गुणस्तरीय शिक्षा र व्यवहारिक ज्ञान लिन सकिने बताउनुभयो ।

उहाँले बिहानैको प्राथनाबाटै विद्यार्थीलाई पढौ–पढौ बनाउने वातावरण तयार पार्नका लागि शिक्षकहरु जागरुक हुन आवश्यक रहेको बताउनुभयो ।

उहाँले अभिभावकले गुनासो मात्रै गर्ने शिक्षकले अल्छी गर्दा विद्यार्थी कमजोर हुँदै आएको भन्दै सकरात्मक सोचले मात्रै शैक्षिक क्षेत्र माथि उठ्न सक्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य डिल्लिराम सुवेदीले शैक्षिक क्षेत्रको निराशा चिर्नका लागि उत्प्रेरणा कार्यक्रम गरिएको बताउनुभयो । उहाँले शिक्षक, अभिभावक तथा विद्यार्थीमा छाएको निराशा हटाउन यस्ता कार्यक्रम फलदायी हुने बताउदै असंभव भन्ने कुरा हाम्रो सोचाई मात्रै भएको बताउनुभयो ।

“सबैले एक पटक सकरात्मक सोचौ, सामुदायिक विद्यालयको अवस्था सुधार गर्न आजैबाट लागौ, शिक्षकले विद्यार्थीलाई चौतर्फी ज्ञान बाढौ, अभिभावकले चनाखो भएर विद्यालयको अनुगमन गरौं, विद्यार्थीहरु लगनशिल भएर पढौ, साथमा व्यवहारिक ज्ञान तथा सिप सिकौ” सुवेदीले भन्नुभयो “अब विद्यार्थीको संख्या हैन गुणस्तर मापन गरौं, परिक्षाको डर हटाउदै जिन्दगीको परिक्षालाई पास गरौं ।”

सिगाना माध्यामिक विद्यालय लामिचौरमा भएको कार्यक्रममा बागलुङ नगर उपप्रमुख राजु खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम थापाको अध्यक्षता, शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द प्रसाद गौतमको स्वागत तथा प्रधानध्यापक लोक बहादुर खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

उत्प्रेरणा कार्यक्रममा सिगाना माध्यामिक विद्यालय तित्याङ, भगवती प्राथमिक विद्यालय, ज्ञानकुन्ज प्राथमिक विद्यालय, बोडैचौर माध्यामिक विद्यालयका विद्यार्थीको समेत सहभागीता रहेको सिगाना माध्यामिक विद्यालय लामिचौरका अध्यक्ष टिकाराम थापाले बताउनुभयो ।

यस्तै वडा कार्यालयमा आयोजना गरिएको अभिभावक उत्पेरणा कार्यक्रममा नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेलले शिक्षक, अभिभावक र विद्यार्थी मिलेर शैक्षिक गुणस्तर बढाउन लाग्नुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका गण्डकी प्रदेश अध्यक्ष टिकाराम थापाले शैक्षिक उत्प्रेरणाको विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रम बागलुङ नगरपालिका–८ का वडा अध्यक्ष राजु कार्कीको अध्यक्षता, वडा स्तरीय शिक्षा समितिका सदस्य गोविन्द प्रसाद गौतमको स्वागत तथा शिक्षाप्रेमी गोपाल कुमार शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *