बसपार्कको सेवाका लागि यातयात व्यवसायी र नगरपालिका बिच सम्झौता


आदर्श अनलाइन, बागलुङ

२३ वर्षपछि निर्माण सकिएर सञ्चालनमा आएको बागलुङ बसपार्क सञ्चालनका लागि यातयात व्यवसायीहरु अग्रसर भएर लागेका छन् । सञ्चालनमा आएर उद्घाटन गरिएको बागलुङ बसपार्कलाई निरन्तर चलाउन यातयात व्यवसायीहरुले नगरपालिकालाई साथ दिएका छन् ।
यातयात व्यवसायीहरुले बसपार्क यातयात व्यवसायीकै सम्पतीको रुपमा रहेको भन्दै सम्झौता गरेर अघि बढेका छन् ।

बसपार्क उद्घाटनको भोलिपल्टै सुनसान भएको नागरिकको गुनासो थियो । यातयात व्यवसायीहरु बसपार्क चलाउनका लागि नगरपालिका संग आधिकारीक संझौता गरेर अघि बढेका छन् ।
लहलह धान झुल्ने खेत बागलुङ नगरपालिकालाई निःशुल्क प्रदान गरेको २३ बर्षमा आधुनिक बसपार्क सञ्चालनमा आएको थियो ।

उद्घाटनको भोलीपल्ट सुनसान भएको बसपार्क क्रमश बस पुग्ने र काउन्टर खोल्ने क्रम जारी भइरहेको सन्र्दभएमा भदौं २४ गते बागलुङ नगरपालिका र यातयात व्यवसायी बिच संझौता गरेर बस राख्न थालिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेललले जानकारी दिनुभयो ।

धौलागिरी गण्डकी यातयात प्रालिका अध्यक्ष उमेश केसी र बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदक्त कँडेल बिच बसपार्क एक वर्षका लागि रु. १२ लाख ४३ हजारमा सम्झौता गरिएको छ । बागलुङ नगरपालिका–४ स्थित दाबगराको बागलुङ बसपार्क र बागलुङ नगरपालिका–३ स्थित चिप्लेटी बसपार्कको एकमुष्ट सम्झौता गरिएको छ ।

आधुनिक बागलुङ बसपार्क नाम दिइएको उपल्लाचौरको बसपार्कमा अहिले दैनिक बस छुटिरहेको धौलागिरी गण्डकी यातयात सेवा प्रालिका अध्यक्ष उमेश केसीले बताउनुभयो । “बसपार्क बन्द भएको छैन, एकैपटक सबै बस लान कहाँ सकिन्छ र यात्रुलाई समेत बसपार्कको विषयमा जानकारी हुन प¥यो, बसपार्क चलाउनलाई हामीले नगरपालिकासंग सम्झौता गरेका छौंैं, चिप्लेटी बसपार्कमा रहेका भाडामा रहेका होटल तथा खाजाघरहरु बिस्तारै उपल्लाचौर सर्दै छन्, प्रहरीले समेत सुरक्षा दिन थालेको छ” केसीले भन्नुभयो “यात्रुहरुको माग, प्रचार प्रसार, आवश्यक पूर्वाधारहरु निर्माण हुँदै जाने र बसपार्क नियमित चलाउदै लैजाने गरी हामीले नगरपालिका संग मिलेर काम गरिरहेका छौं ।”

नगरपालिकालाई दुईवटै बसपार्कको एकमुष्ट रुकम तिर्नेगरी सम्झौता गरिएको केसीले बताउनुभयो । नगरपालिकाले करोडौ लगानी गरेको यातयात सेवालाई व्यवस्थित गर्न भएकाले हामी यातयात व्यवसायीले नगरपालिकाको साथमा रहेर बसपार्क चलाउन थालेको केसीको भनाई छ ।
नगरपालिका र यातयात व्यवसायी बिच सटर, शौचालय, छाप्रो तथा काउन्टरको न्यूनतम भाडादर कायम गरी एकमुष्ट सम्झौता गरिएको छ ।

२०५८ सालमा नगरपालिकालाई दिएको जग्गालाई बसपार्क बनेको छ भने घडेरी फिर्ताको काम बाँकी रहेको छ । पहुँचमार्ग बिस्तारपछि बागलुङ बसपार्क सञ्चालनका लागि भदौ १८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार उद्घाटन गर्नुभएको थियो । बसपार्कमा ७० बस, १०० कार एकै पटक पार्कीङ गर्न सक्ने सुविधा रहेको छ । बसपार्कमा २० वटा व्यापारिक सटर समेत रहेका छन् ।

हेर्नुहोस सम्झौता

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *