बागलुङमा एकदिने भाषणकला तालिम तथा लियो अभिमुखीकरण कार्यक्रम सम्पन्न

रोहन जि.सी, बागलुङ

बागलुङमा लियो क्लब अफ बागलुङ पिस टाउनको आयोजनामा र लियो क्लब अफ बागलुङ कालिकाको सह-आयोजनामा एक दिने भाषणकला तालिम तथा लियो अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न छ ।

कार्यक्रमको उद्घाटन लियो जिल्ला परिषद ३२५ जे नेपालका निवर्तमान अध्यक्ष विष्णु प्रसाद दाहाल आभासले गर्नुभएको थियो।

उद्वघाटन पछि बोल्दै दाहालले विश्वमा नै लियो क्लबको छुट्टै महत्व रहेको बताउनुभयो । उहाँले लियो क्लवले समाज सेवासगैं युवाहरुको नेतृत्व र क्षमता विकासका लागि काम गर्दै आएको जानकारी गराए । व्यक्ति सामाजिक हुनका लागि एक आपसमा सहकार्य र सह–अस्तित्वको आवश्यक पर्ने बताउदैँ उहाँले स्वच्छ मनले समाज सेवामा लाग्न लियो क्लवहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा लियो क्लब अफ बागलुङ कालिकाका अध्यक्ष जस्मिन अर्याल, चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका प्रधानध्यापक नवराज श्रेष्ठ, लायन्स क्लब अफ बागलुङ पिस टाउनका उपाध्यक्ष एलिजा गौतम, लियो क्लब अफ बागलुङ पिस टाउनका सदस्य यम कुमारी खराल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा लियो जिल्ला परिषद ३२५ जे नेपालका उपाध्यक्ष तथा ट्रेनिङ पुलका संयोजक बालकृष्ण परियारले सहजिकरण गर्नुभएको थियो । तालिममा ३० जनाको सहभागिता रहेको थियो ।

समाजका लागि केही गर्छौ भनेर लियो क्लवमा आबद्ध भएका युवाहरुलाई यसको बारेमा जानकारी लिएर समाजसेवामा अगाडी बढ्न थप सहयोग पुगोस् भन्ने मुख्य उद्देश्यले कार्यक्रमको आयोजना गरेकोले लियो क्लब अफ बागलुङ पिस टाउनका संस्थापक अध्यक्ष तथा लियो जिल्ला परिषद ३२५ जे नेपालको महिला सशक्तिकरण संयोजक लियो समिक्षा शर्माले जानकारी दिनुभयो ।

कार्यक्रम लियो क्लव अफ बागलुङ पिस टाउनका अध्यक्ष पुनम रिजालको अध्यक्षता, सदस्य सरला थापाको स्वागत तथा सचिव प्रमिला कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *