जेसीज सप्ताहको छैठौँ दिन मैत्रीपूर्ण फुटसल खेल

आदर्श अनलाइन,बागलुङ

युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय बागलुङ जेसीज वर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताहको छैठौ दिन मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ ।

विभिन्न खेलकुद, साँस्कृतिक तथा अन्य रचनात्मक कार्यक्रम सहित साताव्यापी रुपमा संचालन हुने गरि शुरु भएको जेसीज सप्ताह २०२४ को छैठौ दिन विभिन्न संस्थाको बिचमा मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको हो ।

६ टिमको सहभागीता रहेको खेलमा लियो क्लव अफ कालीगण्डकी विजयी भएको छ । क्लवले लियो क्लव अफ धौलागिरिलाई फाइनलमा पराजित गरेको थियो । विजयी टिमलाई ट्रफि र प्रमाणपत्र पदान गरिएको थियो ।

खेलमा पत्रकार महासंघ बागलुङ, बागलुङ जेसीज, बैङ्कर्स बागलुङ, रोट्रयाक्ट क्लव अफ बागलुङ, लियो क्लव अफ धौलागिरि र लियो क्लव अफ कालिगण्डकीको सहभागीता रहेको थियो ।

प्रतियोगिताको उद्घाटनपछि बोल्दै जिल्ला फुटवल संघ बागलुङका अध्यक्ष एवँ बागलुङ जेसीजका पूर्व अध्यक्ष जय राजभण्डारीले बिभिन्न रचनात्मक कार्यक्रमका साथ संचालन भएको सप्ताहमा फुटसेल खेल आयोजना गरेर जेसीजले खेल क्षेत्रको बिकासमा सहयोग पु¥याएको बताउनुभयो ।

कार्यक्रम बागलुङ जेसीज बर्ष २०२४ का अध्यक्ष गणेश महतोको अध्यक्षता, मुल संयोजक एवँ कार्यकारिणी उपाध्यक्ष बलराम कँडेलको स्वागत र सहसचिव तथा कार्यक्रम संयोजक शुलभ खड्काको संचालनमा सम्पन्न भएको थियो ।

भदौ ३१ गतेसम्म संचालन हुने सप्ताह अन्तरगतको सातौ तथा अन्तिम दिन ३१ गते सोमवार स्वर्गिय प्रगति स्मृति अञ्चल स्तरीय बक्तृत्वकला प्रतियोगिता र समापन कार्यक्रम रहेको मुल संयोजक कडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *