बागलुङ समाज भर्जिनियाको अध्यक्षमा कुँवर

आदर्श अनलाइन, बागलुङ

बागलुङबाट रोजगारी र व्यवसायका लागि संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यमा रहेकाहरुले स्थापना गरेको बागलुङ समाज भर्जिनियाको अध्यक्षमा लाल बहादुर कुँवर चयन हुनु भएको छ ।

हालै सम्पन्न समाजको भेलाबाट उपाध्यक्षमा नेत्र काउचा, सचिवमा शिव गैरे, सहसचिवमा हर्क कुँवर र कोषाध्यक्षमा प्रकाश सापकोटा चयन हुनु भएको छ ।

समितिका सदस्यहरुमा टिका रायमाझी, मोहराज शर्मा, सुनिता गौतम, कमल कंडेल, नारायण आचार्य र कल्पना गौतम चयन हुनु भएको छ ।

No description available.

पेशा व्यवसाय र रोजगारीका लागि भर्जिनियामा रहेका बागलुङेहरुबीच एकता, सद्भाव कायम गर्दै साह्रो गाह्रोमा साथ सहयोग र समन्वय गर्ने तथा रचनात्मक र सिर्जनात्मक कार्यमार्फत बागलुङको विकास र समृद्धिमा सहकार्य गर्ने उदेश्यका साथ समाज गठन गरिएको अध्यक्ष कुँवरले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *