बागलुङमा खुल्ला विद्यालय स्तरीय कबड्डी प्रतियोगिता हुँदै

आदर्श अनलाइन, बागलुङ
बागलुङमा खुल्ला विद्यालय स्तरीय कबड्डी प्रतियोगिता हुने भएको छ । जिल्ला कबड्डी संघको आयोजनामा असोज ७ र ८ गते प्रतियोगिता हुने भएको हो । संघले आइतबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको छ ।

कबड्डी खेलप्रतिको विद्यार्थीमा रुची बढाउने, खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष सन्दिप पन्तले जानकारी दिनुभयो ।

खेलमा पुरस्कारतर्फ ४० हजार, मेडल र ट्रफीतर्फ २० हजार, खेल व्यवस्थापनमा ४० हजार तथा अफिसियलका लागि ५० हजार खर्च हुने उहाँको भनाइ छ ।

खेलमा केही रकम बचाएर संघले खेलका लागि अत्यावस्यक पर्ने म्याटको जोहो गर्ने लक्ष्य बनाएको पन्तले बताउनुभयो । खेलमा कक्षा १० सम्मका विद्यार्थी खेल्न पाउने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाभरबाट १२ समूहको सहभागी रहने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *