बागलुङमा ४५ औं विश्व पर्यटन दिवस मनाइने

आदर्श अनलाइन, बागलुङ
बागलुङमा विश्व पर्यटन दिवस विविध कार्यक्रम सहित मनाइने भएको छ ।

बागलुङ नगरपालिका, नगर पर्यटन विकास समितिको बैठकले यस बर्षको विश्व पर्यटन दिवसको सन्दर्भलाई जोडेर असोज ९ गते नगर तथा पर्यटकिय सम्पदा सरसफाई कार्यक्रम, १० गते कालिका मन्दिर देखि सालग्राम संग्रालयसम्म शान्ति दौड, ११ गते बिहान बागलुङ बजारमा प्रभातफेरी, दिउसो पर्यटन र शान्ति विषयक अन्तर विद्यालय बक्तृत्व कला प्रतियोगिता र सांझ नारायण चोकमा सांस्कृतिक कार्यक्रम संचालन हुने नगर उप प्रमुख एवं समितिका संयोजक राजु खड्काले जानकारी दिनु भयो ।

यसै गरी १२ गते चिल्डेन लाइफ बोर्डिङ स्कूलमा पर्यटन विद्यार्थि नगर सम्मेलन हुने भएको छ । सो सम्मेलनमा बागलुङको पर्यटन विकास र सम्भावना विषयमा प्रस्तुतिकरण र पर्यटन विद्यार्थि क्लबको नगर समितिका लागि नेतृत्व चयन हुने नगर उप प्रमुख खड्काले जानकारी दिनु भयो ।

पर्यटन र शान्तिको नारा बोकेर यस बर्ष असोज ११ गते विश्व पर्यटन दिवस मनाइने छ । बिश्व पर्यटन दिवस मनाउनका लागि बागलुङ नगरपालिका सहित नेपाल पर्यटन वोर्ड, पोखरा, उद्योग तथा पर्यटन कार्यालय, होटल व्यवसायी संघ सहित सरोकारवाला निकायहरु जुटेका छन । गत बर्ष देखी बागलुङमा विश्व पर्यटन दिवस मनाउन लागिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *