धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा पाँच विषय थपिए

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका-४ कुँडुलेस्थित धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानले पाँच विषयथप गरेको छ । प्रविणता प्रमाण–पत्र तहमा पाँच विषय थपिएको प्रमुख गणेश जंग गोदरले बताउनुभयो ।

शैक्षिक सत्र २०८१ र ८२को लागि प्रविणता प्रमाण–पत्र तहमा पशु विज्ञान, बाली विज्ञान, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ थप भएको हो । सबै विषय तीन वर्षे रहेका छन् ।

त्योसँगै ३ महिने केयर गिभर (हेरचाह) तालिम थप भएको छ । यसले बागलुङमा एसएलसीपछि विद्यार्थीहरुलाई थप अवसर सृजना गरेको प्रमुख गोदरले बताउनु भयो ।

सिटिईभिटीबाट मान्यता प्राप्ता प्रतिष्ठानमा सामान्य चिकित्सा (हेल्थ असिस्टेन्ट) र ल्याब टेक्नोलोजीमा पढाई हुँदै आएको थियो ।

नयाँ शैक्षिक वर्षको लागि २४६ कोटा निर्धारण गरिएको छ भने केयर गिभर तालिममा एक समूहमा २० जना सहभागि हुन पाउनेछन् । अन्य विषयको लागि एसईईमा २ जिपिए प्राप्त गरेकोले पढ्न पाउनेछ भने केयर गिभर तालिममा कक्षा ८ उत्तिर्ण सहभागि हुन पाउनेछ । धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानका अध्यक्ष श्रीप्रसाद शर्माले थपिएका कार्यक्रमले दक्ष जनशक्ति उत्पादन हुनुका साथै धौलागिरि क्षेत्रमा रोजगारी सृजना गर्ने बताउनु भयो ।

‘यसले विद्यार्थीहरुलाई पढ्नकोलागि थप अवसरहरु सृजना गरेको छ, त्योसँगै बागलुङलाई शैक्षिक गन्तव्य रुपमा विकास गर्ने छ ।’ उहाँले भने–‘थपिएका कार्यक्रमले सक्षम नागरिक उत्पादनमा सघाऊ पुग्नेछ ।’ उहाँले प्रतिष्ठानमा अध्ययन गरेका विद्यार्थीहरुले राम्रो शैक्षिक प्रगति गरेको बताउनुभयो ।

२०६५ सालदेखि सञ्चालनमा आएको प्रतिष्ठानबाट हेल्थ एसिष्टेन्ट तर्फ ४२६, ल्याब टेक्निसियन २१५, स्टाफ नर्स ४७२ जना उत्तिर्ण भएको जानकारी दिनु भयो । ती मध्ये ४ सय १७ जना हालसम्म उच्च शिक्षामा रहेको रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *