काठेखोलामा बजार अनुगमन

आदर्श अनलाइन, बागलुङ
बागलुङको काठेखोला गाउँपालिका–२ अक्षते र वडा नम्बर ६ सुलडाँडामा सञ्चालित किराना तथा खाजाघरको अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा दुई वटा वडाको ११ वटा खाद्यान्न तथा होटलमा अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा प्राय किराना पसलहरुमा म्याद गुज्रिएका अखाद्य वस्तुको विक्री वितरण भएको पाइएको थियो । पसलहरुमा म्याद गुज्रिएका पेय पदार्थ, मैदा, लगायतका सामान भेट्टिएका थिए । उपभोत्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरि म्याद गुज्रिएको सामान जफत गरि नष्ट गरिएको सहाय प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो ।

अनुगमन टोलिले तत्काल स्थानीय तहमा दर्ता गर्न, नविकरण नभएका व्यवसायलाई नविकरण गर्न, उपभोत्ताको स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने सामाग्री विक्रि नगर्न सल्लाह दिएको उहाँको भनाइ छ । अनुगमनका क्रममा अधिकांश व्यापारीलाई होलसेलबाट सामान खरिद गर्दा विक्रि गर्न मिल्ने मिति हेर्नु पर्छ भन्ने समेत जानकारी नभएको पाइएको सहायक प्रजिअ बराल बताउनुहुन्छ । यसभन्दा अगाडि गाउँपालिकाले पनि बजार अनुगमन गरेको थियो ।

अनुगमनमा काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापा, वडा नम्बर ६ का अध्यक्ष वृहस्पति कँडेल, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्राबिधिक सनसाकुमार मेहता, उपभोक्त मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुुमार श्रेष्ठ लगायत जनप्रतिनिधिर प्रहरी चौकी अक्षतेको टोली उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *