बसले मोटरसाईकललाई ठक्कर दिदा एक घाइते


आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–१ गणेशनाथ घुम्तीमा बसले मोटरसाईकललाई ठक्कर दिदा एक जना घाइते भएका छन् ।

गणेश घुम्ती स्थित कुश्मा बागलुङ सडक खण्डमा पर्बतबाट बागलुङ तर्फ आउदै गरेको ध १ ख ५११ नं.को बसले बिपरित दिशाबाट जाँदै गरेको ग १८प ७९६३ नं. को मोटरसाईकललार्ई ठक्कर दिदा मोटरसाईकल चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो ।

घाइते मोटरसाईकल चालक पर्वत जिल्ला कुश्मा न.पा.–४ जिरो बस्ने बर्ष–१९ को सन्देश परियारलाई उपचारका लागि धौलागिरी अस्पताल पठाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *