इट्टा व्यवसायी एक बहादुर केसी पक्राउ

आदर्श अनलाइन, बागलुङ

इट्टा व्यवसायी एक बहादुर केसीलाई प्रहरीले आज बागलुङ बजारबाट पक्राउ गरेको छ । बागलुङ बसपार्कमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनावरण गरेको शिला घनले फोड्छु भन्ने अभिव्यक्ति दिएपछि केसीलाई विद्युतीय ऐन अन्र्तगत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख ऋषिराम कँडेलले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिकाले दिएको निवेदनको आधारमा जिल्ला अदालत बागलुङबाट पक्राउपुर्जी जारी भएपछि प्रहरीले पक्राउ गरेको कँडेलले बताउनुभयो ।

कँडेलका अनुसार बागलुङ बसपार्कको उद्घाटनको विषयलाई दिएको अभिव्यक्तिले केसीलाई आलोचित समेत बनाएको छ । केसीलाई अदालतमा म्याद थप गर्न लगिएको कँडेलको भनाई छ ।

भदौं १८ गते बागलुङ बसपार्क मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको थियो । भदौं २० गते एक बहादुर केसीले बसपार्क नचलेको भन्दै बसपार्कमा टाँसिएको शिला तोडफोड गर्ने सामाजिक सञ्जाल तथा इलाका खबर युट्युब च्यानलबाट बताएपछि बागलुङ नगरपालिकाले केसीको अभिव्यक्तिको विषयमा प्रहरीकोमा पुगेको थियो । प्रहरीले अदालतले पक्राउ पुर्जी जारी गरेको दुई हप्ता पछि पक्राउ गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *