वर्षाले मुश्लिम बस्तीमा घर भत्कियो


आदर्श अनलाइन, बागलुङ
अबिरल वर्षाका कारण आज बिहान बागलुङ बजारमा घर भत्किएको छ ।

बागलुङ नगरपालिका–४ मुस्लिम बस्तीमा अबिरल वर्षाका कारण मुहम्मत हविव वक्स दुई तले कच्ची घर भत्किएर क्षति भएको छ ।

घर भत्किएपछि उनिहरुको परिवार विस्थापित भएको स्थानीय रन्जान खाँनले जानकारी दिनुभयो । घर भत्किएपछि उद्दारका लागि नेपाली सेना र जिल्ला प्रहरी कार्यालय बागलुङको समूह पुगेको थियो ।

घर भत्किदा सामान्य लत्ता कपडा परिएका छन् भने अन्य सामाग्री घरबाट बाहिर निकालिएको छ । घर भत्केपछि बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले स्थलगत अनुगमन गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *