आदर्श अनलाइन, म्याग्दी
पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण मानिने हिमालपारीको जिल्ला मुस्ताङमा आइतबार बिहान मौषम खुले संगै आकर्षक देखिएको छ । पवित्र तिर्थस्थल मुक्तिनाथबाट वरपरका दृष्यहरु निकै मनमोहक देखिएको हो ।
बारागुङ मुक्तीक्षेत्र गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ मुक्तीनाथका अध्यक्ष प्रमेश गुरुङका अनुसार विहानै देखि मौसम खुलेपछि पर्यटकह पनि उत्साहीत भएका छन् । सदरमुकाम जोमसोम देखि २० किलोमिटरको दुरीमा पर्ने मुक्तीनाथ मन्दीर तथा मुक्तीनाथा तथा पुराङ गाउँ, झारकोट लगायतको क्षेत्रबाट केही खुलेको आकास सँगै देखिएका हिमसृङ्खलाहरुले पर्यटकलालाई लोभ्याएको थियो ।
वर्षाले गर्दा अन्यौल जस्तौ भएका पर्यटकहरु आइतबार बिहानै देखि मौसम खुले सँगै निकै उत्साहीत हुँदै तस्बीर तथा भिडियो खिचेर गन्तव्य तर्फ लागेको मुक्तीनाथका पर्यटन व्यवसायी रबिन सुवेदीले बताउनुभयो । १६ श्राद्धको समय भएकाले कागबेनीमा श्राद्धगर्ने र मुक्तिनाथ मन्दिरमा दर्शनका लागि आएका धार्मिक पर्यटकहरु बेनी–जोमसोम सडक खण्डको ठाउँठाउँमा अबरोध भए पछि मुस्ताङमै रोकिएकोमा मौसम खुले सँगै गन्तव्य तर्फ लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विसाल अधिकारीले जानकारी दिनुभयो ।