आदर्श अनलाइन, बागलुङ
४५ औं बिश्व पर्यटन दिवसको सन्दर्भमा बागलुङ नगरपालिका, नगर पर्यटन बिकास समितिको संयोजनमा आयोजित बक्तृत्वकला प्रतियोगितामा गणेश माबि प्रथम भएको छ।
शान्ति र पर्यटन बिषयक अन्तर माध्यामिक तहको बक्तृत्वकला प्रतियोगितामा गणेशकी छात्रा अनुज्ञा कडेल प्रथम भइन।
अनुज्ञाले नगद १० हजार पुरस्कार जितिन। यसै गरी दोस्रो स्थान जनताधन मा.बिका दृश्टिबिहिन छात्र प्रबिण आचार्यले सुरक्षित गरे।प्रबिणले नगद ६ हजार जिते।
चिल्डेन लाइफ बोर्डिङकी छात्रा सलिना छन्ट्यालले तेस्रो स्थान प्राप्त गरिन।उनले नगद ३ हजार हात पारिन।
यु़एस ऐकेडेमीकी रोजि थापाले चौथो स्थान प्राप्त गरी १ हजार ५ सय प्राप्त गरिन। बिजयी बिद्यार्थिहरुलाई नगर उप प्रमुख राजु खड्का, पर्यटन ब्यवसायी अर्जुन चोखाल,धौलागिरी क्याम्पसका अध्यक्ष दिन बहादुर थापा लगायतले पुरस्कार प्रदान गर्नु भएको थियो।बक्तृत्वकलामा १६ बिद्यालय सहभागि थिए।