बागलुङ नगरका सवै विद्यालयमा पर्यटन विद्यार्थी क्लव गठन

आदर्श अनलाइन, बागलुङ

बालबालिकालाई बिकास योजनाका हर सवालमा सहभागिता गराउने तथा नीति निर्माण र नेतृत्व तहको पहुंचसम्म पुर्याउन आवश्यकता देखेर बागलुङ नगरपालिकाले माध्यामिक तहका कक्षा ९ र १० मा अध्ययनत छात्र छात्राहरुलाई समेटेर पर्यटन विद्यार्थी क्लब गठनलाई अभियानकै रुपमा सम्पन्न गरेको छ ।

बागलुङ नगरपालिकाको नगर पर्यटन विकास समितिको कार्यविधीमा सम्पूर्ण माविहरुमा पर्यटन विद्यार्थी क्लब गठन गर्ने नीति अनुसार नगरपालिकाले यो कार्यलाई पुरा गरेका हो ।

पर्यटन विद्यार्थी क्लब मार्फत बालबालिका, विद्यार्थी तथा युवाहरुलाई पर्यटन मार्फत आर्थिक विकास, उत्पादन र रोजगारी सृजना गर्नु पर्यटन विद्यार्थी क्लब गठनको उद्धेश्य रहेको नगर उप प्रमुख एवं नगर पर्यटन विकास समितका संयोजक राजु खडकाले जानकारी दिनु भयो । पर्यटन विकासका लागि समुदायस्तर देखि विद्यालय तथा क्याम्पसहरुमा बहस, छलफल तथा सचेचना मुलक कार्यक्रम जरुरी देखियो । सामुदायिक तर्फ २३ र संस्थागत तर्फ १४ विद्यालयहरुमा क्लब गठन गरिएको उहांले बताउनुु भयो ।

विद्यालयतह देखि स्वदेशमा पर्यटन मार्फत सम्भावनाको खोजी गरी पर्यटन क्षेत्रमा बिद्यार्थीहरुको रुचि बढाउन सकियो भने यसले राम्रो परिणाम दिने उप प्रमुख खड्काको विश्वास छ । पर्यटन क्षेत्रमा रुचि बढाउन सके लागू औषध तथा कुलतबाट जोगाउन सकिने, बाल विवाह, बाल श्रमको बारेमा बुझ्ने तथा योजना र व्यवस्थापनमा काम गर्ने संस्कारको विकास हुने विश्वास उप प्रमुख खड्काको छ । न

गर पर्यटन विकास समितिले बागलुङ नगरपालिकाका सामुदायिक विद्यालयहरु तर्फ जनताधन मावि, त्रिभुवन मावि, पृथ्वी हिरण्य मावि, मुलपानी मावि, सिंगाना मावि, बिद्या मन्दिर मावि, कालिका कन्या मावि, तितौरे मावि, धौलागिरी वीरेन्द्र मावि, लहरेपिल माबि, गणेश माविमा बिद्यालय स्तरीय पर्यटन क्लबहरु गठन गरेको छ ।

यसै गरी रुद्रेपिपल मावि, चौतारे डांडा मावि भैरब मावि, बिश्वकर्मा मावि, महाविद्याजन मावि, तित्याङ मावि, कुंडुले मावि, सिगाना मावि, बौडेचौर मावि, मालिका मावि, जनमत मावि, धौलागिरी बहिरा मावि मा पनि विद्यार्थी पर्यटन क्लबहरु गठन भएका छन । यसै गरी होलिचाइल्ड आमावि, गरिमा आमावि, न्यु ओएसिस आमावि, आदर्श विद्या मन्दिर आमावि, युएसएकेडेम् आवि, फ्यूचर बाइटर आमावि, सिद्धार्थ शिक्षा सदनमा पर्यटन बिद्यार्थी क्लबहरु गठन गरिएको छ । साथै न्यु एभरेष्ट एकेडेमि, कालिगण्डकी आमावि, सनराइज आमावि,चिल्डेन लाइफ ईङलिस आमावि, धौलागिरी आमावि, अमर आदर्श आमावि, गुरांस विद्या सदनमा पनि विद्यालय स्तरिय क्लबहरु गरिएको छ ।

यसरी विद्यालय तहमा पर्यटन विद्यार्थी क्लब गठन गरिदा नगर पर्यटन क्लबका लागि २ छात्र २ छात्रा र विद्यालय तहको क्लबको अध्यक्ष १ गरी ५ जना नगर पर्यटन क्लबको लागी प्रतिनिधी चयन भएका छन । यसरी चयन भएका हरेक विद्यालयका प्रतिनिधीहरुको नगर सम्मेलनले नयां कार्य समिति चयन गर्दै नगरको नयां नीति र कार्यक्रम समेत तय गर्नेछ । पर्यटन क्लब गठन भएका विद्यालयहरुमा १ जना सम्पर्क पर्यटन शिक्षकहरु पनि चयन गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *