बागलुङमा मनाइयो क्षेत्री दिवस

आदर्श अनलाइन, बागलुङ
विविध कार्यक्रमसहित १४औँ क्षेत्री दिवस बागलुङमा मनाइएको छ । दिवसका अवसरमा बिहीबार सदरमुकाममा प्रभातफेरि आयोजना गरिएको थियो । दिउँसो मूल समारोहसहित माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष रूद्र महतले जानकारी दिनुभयो । प्रतियोगितामा सिगाना माविका छात्रछात्राले प्रथम स्थान प्राप्त गरे ।

द्वितिय चिल्ड्रेन लाइफ बोर्डिङ, तृतीय विद्यामन्दिर मावि र आदर्श माविले सान्त्वना स्थान हासिल गरेको उहाँले बताउनुभयो । विजेता छात्रछात्रालाई क्रमशः रू. सात हजार, पाँच हजार, तीन हजार र एक नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

चाडपर्वको शुभकामना आदनप्रदानसहित मनाइको दिवसको मूल समारोहमा जग्गादाता प्रेमबहादुर खड्का, कमलबहादुर खड्का र गोविन्दबहादुर खड्कालाई सम्मान गरिएको थियो । ट्राफिक कार्यालय, बागलुङका प्रमुख सुमन न्यूरेलाई पनि सो अवसरमा सम्मान गरिएको थियो । उत्कृष्ट कार्य गरेको भन्दै क्षेत्री समाज बागलुङ नगरपालिका-१ को वडा समितिलाई रू. पाँच हजार नगदसहित सम्मान गरिएको अध्यक्ष महतले जानकारी दिनुभयो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि समाजका संरक्षक एवं संस्थापक अध्यक्ष क्षेत्रीहरूबीचको एकतामा जोड दिनुभयो । उहाँले दिवसले सामाजिक एकता र सद्भावको सन्देश दिने बताउनुभयो । इतिहासका कालखण्डमा क्षेत्रीहरूले विजय प्राप्त गरेको दिनको सम्झनामा दिवस मनाउने गरिएको उहाँको भनाइ थियो ।

समाजको बागलुङ नगर समितिका अध्यक्ष एकबहादुर केसी, बागलुङ-१ को वडा समितिका अध्यक्ष विष्णु खत्रीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । समाजका वरिष्ठ उपाध्यक्ष शिवकला खड्काको स्वागत मन्तव्य, सचिव कविराज जिसीको सञ्चालन र अध्यक्ष महतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *