सुजन रेग्मी, बागलुङ
समाजमा घट्ने विभिन्न अपराध तथा लागू औषध नियन्त्रण सम्बन्धी युवा लक्षित सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजना र काठेखोला गाउँपालिका तथा अमर माध्यामिक विद्यालयको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै थापाले समाजले राम्रो गति नलिँदा नराम्रो स्थिति सृजना भएको बताउनुभयो । उहाँले लागू औषधले तपाईँ हाम्रो भविष्य भङ्ग हुने बताउनुभयो । उहाँले आफ्ना बच्चालाई घरमा काम गराउनु पर्ने र काम नगराउँदा बाहिरको लतले गर्दा यस्तो अवस्थामा पुग्ने उहाँको भनाई थियो । उहाँले जब नकारात्मक रूपमा पसेको मान्छेलाई सकारात्मकमा ल्याउन गाह्रो हुने बताउनुभयो ।
कार्यक्रममा स्थानीय नागरिक र विद्यार्थीले लैङ्गिक हिंसा सम्बन्धी प्रश्न उठाएका थिए ।
कार्यक्रममा धम्जा बिहुँ प्रहरी प्रमुख अर्जुन पौडेल, कार्यपालिका सदस्य गीता देवी बिक, गुमा देवी पुन, नेकपा एमाले काठे खोला ५ का अध्यक्ष हिरा लाल सापकोटा, नेपाली काङ्ग्रेस वडा सभापति हरि सापकोटा गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा, गाउँपालिकाका अध्यक्ष राजु थापा लगाएतले लागु औषध सम्बन्धी चेतना र बसाल्न र समाज रूपान्तरण गर्न आ–आफ्नो ठाउँबाट सहयोग जरुरी रहेको बताउनुभयो । लागू औषध मात्र नभएर अन्य नराम्रा कार्य गर्नेलाई कानुनले छुट नहुने उहाँहरूको भनाइ थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले अपराध तथा लागू औषध सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको अध्यक्षता काठे खोला गाउँपालिका वडा नं ५ का अध्यक्ष यामनाथ कँडेलको स्वागत मन्तव्य र महिला बालबालिका शाखा लक्ष्मी गौतमको सञ्चालनमा सम्पन्न थियो । कार्यक्रम ५ नं वडा कार्यालयको सभाहलमा गरिएको थियो ।