एमालेका १२ निर्णय : वार्षिक कार्ययोजना देखि विकास निर्माणमा खबरदारी सम्म


आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले बागलुङको दोस्रो पूर्ण बैठकले १२ महत्वपूर्ण निर्णय गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा शुक्रबार आयोजना गरेको पूर्ण बैठकले वार्षिक कार्यायोजना देखि विकास निर्माणमा खबरदारी गर्ने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा नेकपा एमाले जिल्ला किमिटका अध्यक्ष हिरा बहादुर केसीले १३ जनालाई जिल्ला कमिटिमा मनोनित गर्ने र ४९ सदस्यलाईनै वभाग तथा इन्जार्ज तथा अन्य जिम्मेवारी दिने निर्णय गरेको जानकारी दिनुभयो । शुक्रबार हिरा केसीको अध्यक्षतामा बसेको बैठकले पार्टीका सदस्यलाई जिम्मेवारी दिने, सामाजिक काममा लगाउने देखि विकास निर्माण र स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गराउने सम्मका १२ निर्णयहरु गरेको छ ।

वैठकमा केन्द्रिय पोलिटव्युरो सदस्य लिल बहादुर थापा मगरको प्रमुख आतिथ्यता, केन्द्रिय पोलिटव्युरो सदस्य एवं जिल्ला इन्चार्ज मन कुमारी जि सी, केन्द्रिय कमिटी सदस्य इन्द्रलाल सापकोटा, केन्द्रिय कमिटी सदस्य गोविन्द बहादुर नेपाली, केन्द्रिय सदस्य सावित्रा राना, केन्द्रिय सदस्य मञ्जु शर्मा चालिसे, गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको उपस्थितिमा भएको थियो ।

पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केसीले १३ जनालाई जिल्ला कमिटिमा मनोनित गर्ने निर्णय गरेको छ । नेकपा (एमाले) जिल्ला कमिटी बागलुङको सदस्यमा पार्टी विधानको धारा–६५ (उपधारा १ र ४) मा भएको मनोनयन सम्बन्धि व्यवस्था वमोजिम १३ जनालाई मनोनित गरेको हो । मनोनित हुनेमा डम्मर श्रीस, चन्द्रमणी उपाध्याय, चट्टान थापा, श्याम पुन, जिवन आचार्य, याम बहादुर श्रीस, लाल बहादुर के सी, सुनिता पुरी, रुमा थापा, खगेन्द्र शर्मा, प्रेम थापा, सिता वि. क. र प्रदिप शर्मा रहनुभएको छ । पदाधिकारी तथा सदस्यहरुलाई पार्टी विधानको धारा ३७ (उपधारा २ र ७) बमोजिम ४९ सदस्यलाई विभाग, फाँट, संयन्त्र र भुगोलको जिम्मेवारी प्रदान गर्ने, २०८१ असोज देखि २०८१ चैत सम्मको वार्षिक कार्ययोजना निर्माण गर्ने र जिल्ला पार्टी कार्यालय नियमित र व्यवस्थित गर्नको लागि चन्द्रमणी उपाध्यायलाई कार्यालय प्रमुखको जिम्मेवारी प्रदान गर्ने लगायतका निर्णय गरेको एमाले जिल्ला सचिव गणेश थापाले जानकारी दिनुभयो ।

उहाँले वैठकले पार्टीको नियमित, छिटो, छरितो र व्यवस्थित गर्नको लागि पार्टी विधानको धारा ३७ उपधारा (२) बमोजिम हिरा बहादुर के सी, विष्णु भुसाल, गणेश बहादुर थापा मगर, धन बहादुर परियार, करमति पुन, चन्द्रमणी उपाध्याय र डम्मर श्रीस रहेको ७ सदस्याीय सचिवालय गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै नेकपा एमाले जिल्ला कमिटी बागलुङको जिल्ला सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च र जिल्ला सचिवालय विस्तार गर्नको लागि सचिवालयलाई अख्तियारी प्रदान गर्ने, बागलुङ जिल्लाको आर्थिक मेरुदण्डको रुपमा रहेको पुष्पलाल लोकमार्गको कालोपत्रे गर्न रहेको बाँकी खण्ड, वुर्तिवाङ ढोरपाटन सडक, उत्तरगंगा जलाशययुक्त हाइड्रो पावर निर्माण कार्य, कालिगण्डकी करिडोर अन्तर्गत पर्ने मालढुङ्गा बागलुङ हुदै वेनी खण्ड निर्माण कार्यलाई आवश्यक वजेट विनियोजन गरी निर्माण कार्य अघि बढाउन सम्बन्धित निकायहरुमार्फत गण्डकी प्रदेश सरकार र संघिय सरकार समक्ष पहल गर्ने, गण्डकी प्रदेशको मुख्य उप प्रादेशीक अस्पतालको रुपमा रहेको धौलागिरी अस्पताललाई ३०० वेड क्षमतामा स्तरोन्नती गरी शिक्षण अस्पतालको रुपमा विकास गर्न गण्डकी प्रदेश सरकार र संघिय सरकारमा आवश्यक पहल गर्ने, २०८१ सालको अविरल वर्षातको कारण देशका विभिन्न स्थानमा ठूलो धनजनको क्षतिमा दुख व्यक्त गर्दै घरवार विहिन, आफन्त गुमाएका परिवारलाई उचित व्यवस्थापन गर्नको लागि स्थानीय तह र नेपाल सरकारलाई तत्काल आवश्यक पहल गर्न र पार्टीपक्तिलाई आ आफ्नो क्षेत्रवाट सक्दो सहयोग गर्न अनुरोध गर्ने र २०८१ सालको अविरल वर्षातको कारण वडिगाड गाउँपालिका वडा नं. २, ९ र १० मा १४ जना, बागलुङ नगरपालिका वडा नं. ५ मा ३ जना साथै जिल्ला कमिटी, बागलुङको पहिलो वैठक पश्चात सदस्य शेखर खड्काको हजुरवुवा हिरा बहादुर खड्का, संगठित सदस्य तुल बहादुर थापा, वानपा १३ निवासी संगठित सदस्य हेम बहादुर रोका लगायत दिवगंत हुनुभएका पार्टी सदस्य, शुभचिन्तकहरुप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त समेत गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *