सांग्रिला विकास बैंकद्वारा झोला वितरण

आदर्श अनलाइन, म्याग्दी
सांग्रिला विकास बैंक जलजला पर्वत बेनी शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकका अनुसार जलजला गाउँपालिका–३ पर्वत बेनीमा रहेको बेनी बजार आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला बितरण गरिएको हो । विद्यालयमा अध्ययन गर्ने कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई झोला प्रदान गरिएको थियो ।

विद्यालयको कक्षा १ का ५ कक्षा २ का ६ जना, कक्षा ३ मा अध्ययनरत ६ जनालाई झोला वितरण गरिएको थियो । त्यस्तै कक्षा ४ मा पढ्ने १० जना र कक्षा ५ मा पढ्ने ९ जनालाई झोला वितरण गरिएको थियो ।

झोला वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको बैंकका प्रबन्धक बिपिन ओझाले जानकारी दिनुभयो । सामाजिक क्षेत्रमा पनि केही गर्ने उद्देश्य सहित बैंकले विद्यालयलाई सानो सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘हाम्रो शाखा नजिकै रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई केही मात्रै पनि सहयोग होस भनेर झोला वितरण गरिएको हो ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद रेग्मी, वडा सदस्य मनरुपा बिक, विद्यालय व्यवस्थथापन समितिका सदस्य नरेन्द्र थापा, विद्यालयका प्रधानाध्यापक संगिता बरुवाल, सांग्रिला विकास बैंकका कर्मचारीहरु चुडामणी सुवेदी, सृष्टि खत्री लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *