जेष्ठ नागरिक संघको अध्यक्षकोषमा साढे दुई लाख सहयोग

आदर्श अनलाइन, बागलुङ
जेष्ठ नागरिक संघ बागलुङको अक्षकोषमा दुई लाख ५४ हजार १११ रुपैयाँ प्राप्त भएको छ । अक्षकोषका लागि बागलुङ नगरपालिका–९ सिरबानीकी कृष्णकुमारी शर्मा क्षेत्री, काठमाडौँ गोंगबुकी सीता शर्मा र ललिपुर महालक्ष्मी नगरपालिकाकी सुनिता शर्माले स्वर्गीय आमा इन्द्रालक्ष्मी उपाध्यायको स्मृतिमा रु ५१÷५१ हजार उपलब्ध गराएका हुन् ।

त्यस्तै कृष्णकुमारीले स्वर्गीय श्रीमान शोभाखर शर्मा क्षेत्रीको स्मृतिमा रु एक लाख एक हजार १११ उपल्बध गराउनु भएको हो । मंगलबार बागलुङमा एक कार्यक्रमको आयोजना गरि उहाँहरुले रकम उपलब्ध गराउनु भएको हो । कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले अक्षकोष सही ठाउँमा सदुपयोग गर्न सुझाउँदै सहयोगीदातालाई धन्यबाद दिनुभयो ।

जेष्ठ नागरिक संघ बागलुङले गत साउन महिनादेखि अक्षकोष स्थापना गरेको थियो । हालसम्म विभिन्न दाताहरुबाट अक्षकोषमा १० लाख रुपैँया जम्मा भएको संघका उपाध्यक्ष महेन्द्रसिंह रायमाझीले जानकारी दिनुभयो ।

कार्यक्रममा जेष्ठ नागरिक दुर्गाबहादुर आचार्य, पूर्वकर्मचारी समन्वय परिषद्का उपाध्यक्ष टीकाबहादुर कार्की र सयोगीदाता सुनिता शर्मा लगायतले बोलेका थिए ।

कार्यक्रम संघका अध्यक्ष चिरञ्जीविकुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष महेन्द्रसिंह रायमाझीको स्वागत र सचिव बन्द्रीप्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *