आदर्श अनलाइन, बागलुङ
सामाजिक सेवामा सक्रिड नेपाल रेडक्रस सोसाईटी मालिका उपशाखाद्वारा अशक्तलाई ह्विल चियर वितरण गरिएको छ । बागलुङ समाज दक्षिण कोरियाले आदर्श सञ्चार सहकारीमा राखेको कोषबाट उक्त ह्विल खरिद गरी वितरण गरिएको हो ।
ह्विल चियर नेपाल रेडक्रस सोसाईटी बागलुङका सभापति जगन्नाथ आचार्य सहित मालिका उपशाखाका विशिष्ट व्यक्तिबाट हस्तान्तरण भएको छ । बागलुङ नगरपालिका–५ मालिका अडाइथर निवासी शोभा सापकोटा र खड्काचौर निवासी हरी बहादुर केसीलाई ह्विल चियर वितरण गरिएको मालिका उपशाखाका सभापती रेश सापकोटाले बताउनुभयो ।
कार्यक्रम बानपा–५ का वडा अध्यक्ष हरिप्रसाद शर्मा, निवर्तमान वडा अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी मालिकाका सस्थापक सभापति शिबप्रसाद सापकोटा , रेडक्रसका जिल्ला कोषाध्यक्ष जिवननाथ रेग्मी, मालिका समाज जापानका सचिव बिष्णु सापकोटा महिला सदस्य देवि सापकोटा, नेप्लिज क्यानेडियन फेडरेसनका माहासचिब शुदर्शन सापकोटा, बानपा ६ का वडा सदस्य चक्रपाणि शर्मा, बलराम सापकोटा, उपसभापति राधाकुमारि शर्मा ,कोषाध्यक्ष दिपक आचार्य ,उप कोषाध्यक्ष दिनेश रेग्मी, सदस्य कमला सापकोटा लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा बक्ताहरुले रेडक्रस मालिका उपशाखाले रेडक्रसको मर्म र भावना अनुसार काम गरेकोमा र जिल्लामै उतकृष्ट कार्यक्रम गरेकोमा धन्यवाद प्रकट गर्नु भयको थियोे । उक्त कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाका सभापति रेशम सापकोटाले, स्वागत निवर्तमान उपसभापति कोपिला खरेल सापकोटा र संचालन सचिव मातृकाप्रसाद आचार्यले गर्नुभयको थियोे ।