आदर्श अनलाइन, बागलुङ
आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा बुधबार बागलुङमा धन्वन्तरी जयन्ती मनार्ईएको छ । धौलागिरी आयुर्वेद औषधालय बागलुङको आयोजनामा भगवान धन्वन्तरीको पुजा अर्चना सहित योग, प्रणायम र ध्यान गरेर धन्वन्तरी जयन्ती भनाईएको हो ।
‘स्वस्थ जीवनशैलीमा सात्विक आहार, नागरिक आरोग्यताको बजवुत आधार’ भन्ने नाराका साथ मनाईएको आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा बोल्दै धौलागिरी आयुर्वेद औषधालय बागलुङका प्रमुख डाक्टर शरद पन्थीले जीवनमा सबैभन्दा ठुलो धन भनेको स्वास्थ्य भएको भन्दै स्वास्थ्यका देवता धन्वन्तरीको मार्ग दर्शनमा चल्नुपर्ने बताउनु भएको थियो ।
अस्वस्थ्यकर खानपान र जीवन शैलिका कारण पछिल्लो समय नसर्ने रोगको वृद्धि भइरहेको भन्दै उहाँले बानी व्यवहार र जीवनशैली सुधार गर्दै दैनिक योग, ध्यान र प्रणायम गर्न जरुरी रहेको बताउनु भएको थियो । औषधालयका डाक्टर सरोज पन्थीले कार्यक्रमका सहभागीलाई योग, प्रणायम र ध्यान गराउनु भएको थियो । कार्यक्रम डाक्टर कलम विक्रम पौडेलको सहजिकरणमा सम्पन्न भएको थियो ।