सुजन रेग्मी, बागलुङ
विद्यामन्दिर पुस्तकालय बागलुङले लक्ष्मी प्रसाद देवकोटा एक सय १६ औं जयन्ती मनाईएको छ । पुस्तकालयले प्रतियोगितात्मक कविता गोष्ठी एवं परिचर्चा कार्यक्रम गरि जयन्ती मनाइएको हो ।
कार्यक्रम बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदिले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै साहित्यक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमम देवकोटा जयन्ती संयोजन समितिका संरक्षक काजी रोशनले जयन्तीका विषयमा केही समय यता निरन्तरता पाउन नागरिकहरुले चासो दिएको बताउनुभयो । उक्त कार्यक्रममा गोविन्द सुवेदी, रामचन्द्र शर्मा (मुक्ती), चन्द्र बहादुर के सी, विद्यार्थी पुस्तिका सुवेदी, यामनाथ आचार्य, पुस्तकालयका पुर्व अध्यक्ष मुकेशचन्द्रराज भण्डारीहरुले कविता बाचन प्रतियोगितामा सहभागी भएका थिए ।
उक्त कार्यक्रममा अप्रतियोगिको रुपमा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले सहभागी जनाएका थिए । प्रतियोगितामा सहभागी गोविन्द सुवेदी प्रथम, रामचन्द्र शर्मा दृतिय र यमनाथ आचार्य तृतीय भएका थिए ।
कार्यक्रममा नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी, साहित्यकार प्रेम छोटा, हरि पाण्डे लगाएतले देवकोटाको चर्चा गरेका थिए । उनिहरुले साहित्य क्षेत्रमा देवकोटाको ठूलो महत्व रहेको बताउदै देवकोटा लाई सदैव सम्झन पर्ने बताउनुभयो । कार्यक्रममा विद्या मन्दिर पुस्तकालयका अध्यक्ष राम थापाको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव राजन प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।