आदर्श अनलाइन, बागलुङ
पर्यटकीय स्थलको रुपमा विकास भइसकेको गण्डकी गोल्डेन ब्रिज क्षेत्रमा फैलिएको शहिद पार्कको शनिबार सरसफाई गरिएको छ ।
पर्यटकको संख्यामा वृद्धिभएसंगै फोहोर हुन थालेको पार्क बागलुङ नगरपालिका–१ वडा कार्यालयको पहलमा सरसफाई गरिएको छ । सरसफाईमा ३०० जना रामरेखावासी स्थानीय र संघ संस्थाका प्रतिनिधि सहभागी भएका थिए ।
बालमैत्री नगरपालिका घोषणाको चरणमा रहेको बागलुङ नगरपालिकाले शहिदपार्क रहेको क्षेत्रमै चिल्ड्रेन पार्क बनाउने योजना समेत बनाएको छ ।
शहिद पाक झडीले भरिएपछि सरसफाई गरिएको वडा अध्यक्ष जय बहादुर केसीले जानकारी दिनुभयो ।
हाम्रो वडामा पर्ने शहिदपार्क सरसफाई आफ्नै वडावासीले गरेको केसीको भनाई छ ।
केसीले शहिदपार्कको झाडी फडानी गर्ने, प्लाष्टिकका सामाग्री टिप्ने र अनावश्यक रुख विरुवा हटाउने कार्य गरेको बताउनुभयो भयो ।
सरसफाईमा रामरेखाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय आमा समूह र संघ संस्थाका प्रतिनिधिहरु समेत सहभागी रहेका थिए ।