आदर्श अनलाइन, बागलुङ
बागलुङ बजारमा हुने लायन्स डिस्ट्रिक ३ सय २५ जे नेपालको दोश्रो क्याबिनेट बैठकको तयारी अन्तिम चरणमा पुगेको छ ।
कात्तिक ३० र मंसिर १ गते बागलुङ बजारमा हुने दोस्रो क्याबिनेट बैठकको तयारी अन्तिम चरणमा पुगेको शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा बैठकका बारेमा जानकारी दिदै प्रचारप्रसार संयोजक गणेशराज लम्सालले बागलुङ बजारमा क्याबिनेट बैठकको तयारी अन्तिम चरणमा पुगेको र बैठकमा करिव १ हजार सहभागी हुने जानकारी दिनुभयो ।
बागलुङको पर्यटकीय विकास र धार्मिक तथा सास्कृतिक क्षेत्रको चिनारी गर्न बैठक उपयोगी हुने विश्वास लिइएको उहाँले बताउनुभयो ।
उहाँले बैठकले बागलुङ घुम्ने सन्देश दिने, जिल्लाका १० वटै पालिकाका धार्मिक, प्राकृतिक, सास्कृतिक र पर्यटकीय सम्पदाको प्रचार प्रसार गर्न सहयोग पुग्ने बताउनुभयो ।
युवाहरुको नेतृत्वदायी क्षमताको बिकाससँगै अर्थतन्त्रमा पनि सहयोग मिल्ने विश्वास समेत लिइएको उहाँको भनाई थियो ।
बैठक सम्पन्न गर्नका लागि २० सदस्यीय मुल समिति र १२ वटा बिभिन्न उपसमिति बनाइएको लम्सालले बताउनुभयो ।
लम्सालले बैठक सम्पन्न गर्नका लागि १९ लाख ७० हजार आम्दानी र १५ लाख ४३ हजार ५ सय खर्च हुने जानकारी दिदै बचेको रकम समाजसेवामा खर्च गरिने बताउनुभयो ।
रजिष्ट्रेशन शुल्क, श्ुभकामना लगायत लायन्स सदस्यहरुबाट खर्चका लागि रकम संकलन गरिने उहाँले बताउनुभयो ।
एरीया मेन्टर नरेश कँडेलले कला संस्कृतिको जगेर्ना गर्नका लागि झाँकी पनि प्रदर्शन हुने जानकारी दिदै सहभागीहरुलाई स्थानीय उत्पादनको प्रवद्र्धन गर्न बागलुङमा उत्पादित कोदोको बिस्कुट उपहार स्वरुप दिइने बताउनुभयो ।
डिष्ट्रीक गर्भनर मिलन थापाले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि बागलुङमा बैठक आयोजना गरिएकाले सवैको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
कार्यक्रम प्रचारप्रसार समितिका संयोजक गणेशराज लम्सालको अध्यक्षता, एरिया चिफ चन्द्रराज रेग्मीको धन्यावाद मतव्य र सदस्य सचिव उमेश गौतमको संचालनमा सम्पन्न भएको थियो ।